काठमाडौं– प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी दैलेखका एक वडा सचिवलाई धाकधम्की दिएको आरोपमा प्रकाश खड्का पक्राउ परेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक घर भई हाल काठमाडौंको शंखमुल बस्ने २२ वर्षीय खड्का काठमाडौंबाट प्रहरीले पक्राउ गरेकाे हाे ।
दैलेखकाे दुल्लु नगरपालिका–१३, का वडा सचिव कमल भण्डारीलाई खड्काले फोन गरी प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै धम्की दिएका थिए ।
वडा सचिव भण्डारीलाई धाकधम्की दिएकाे उजुरीपछि शनिबारै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खड्कामाथि कडा कारबाही गर्न निर्देशन दिइएको थियाे ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले एक विज्ञप्ति जारी गर्दै यस्ताे निर्देशन दिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।