• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिमबाट अस्ताउन थालेको हो सूर्य?

64x64
डिबी खड्का बिहीबार, माघ २६, २०७९  १९:३४
1140x725

काठमाडौं- आम निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेको नेकपा (माओवादी केन्द्र) ले समीकरण परिवर्तन गरेपछि सूर्य पूर्वदेखि पश्चिमसम्म उदाएको थियो। सातमध्ये एमालेले चारवटा मुख्यमन्त्री हासिल गरेको छ भने संघीय सरकारमा समेत महत्वपूर्ण हिस्सेदारी छ।

यही बीचमा नेकपा (एमाले) ले गुम्न नसक्ने दुईवटा उपलब्धि हासिल गरेको छ। प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन्। त्यसैगरी राष्ट्रिय सभाकाे रिक्त एक सिटमा एमालेका कुमार दसौदी निर्वाचित भएका छन्।  

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वर्तमान गठबन्धन कुनै पनि मूल्यमा जोगाउनुपर्ने लक्ष्यका साथ लागेका देखिँदैनन्। त्यस्तो हुँदो हो त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमै राख्न उनले प्रयास गर्थे।

एमालेको आग्रहमा रास्वपाले समर्थन कायम राखेको छ। प्रचण्डको गृह मन्त्रालय नदिने अडानबाट चिढिएको रास्वपाले समर्थन समेत फिर्ता लिने अवस्था आउँदा प्रचण्डलाई फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउँथ्यो। प्रचण्डको गठबन्धन परिवर्तनको संकेतबाट सूर्य (एमाले) संकटोन्मुख देखिएको छ। 

सुदूरपश्चिमको संकेत

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनको सरकार संकटमा परेपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका थिए। भेटवार्तापछि ओलीले 'जोगिन्छ होला' भनेका थिए तर प्रचण्डको प्रतिक्रिया थियो- 'एकैछिनपछि तपाईंहरुले थाहा पाउनुहुन्छ।'

एकैछिनमा थाहा भयो- सरकार जोगिएन। एमाले नेताहरुका अनुसार प्रधानमन्त्री प्रचण्डले चाहँदा सूदरपश्चिमको सरकार जोगाउन सक्ने अवस्था थियो। सरकार बनाउन सहयोग गरेर विश्वासको मत नदिएको नागरिक उन्मुक्ति पार्टीले आफ्ना मुद्दाहरु सम्बोधन हुने विश्वसनियता चाहेको थियो। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको संयुक्त हस्ताक्षरमा सम्बोधन गरिँदा सरकारमा सहभागी हुने बताएको थियो। 

एमाले अध्यक्ष ओली यस विषयमा सकारात्मक रहे पनि प्रचण्ड त्यसका लागि सहमत भएनन्। नागरिक उन्मुक्ति पार्टीले गरेको अविश्वास झन् बढ्यो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्डले चाहेको अवस्थामा एकीकृत समाजवादीले समेत सरकारलाई सघाउन सक्थ्यो। प्रचण्ड सचिवालयका अनुसार एकीकृत समाजवादीलाई संघीय सरकारमा ल्याउन प्रचण्डले केही दिनअघिबाटै पहल चालेका छन्। छलफल सकारात्मक छ। प्रचण्डले यही गठबन्धन जोगाउन चाहेको अवस्थामा सुदूरपश्चिमबाट त्यसको सुरुवात हुन सक्थ्यो। तर,  परिस्थिति त्यस्तो बनेन।

एमाले सचिवालय बैठकको विश्लेषण

UML_Secreteriat_Meeting1675930741.jpg

एमालेले कुनै पनि मूल्यमा वर्तमान सत्ता गठबन्धन टिकाएर लैजाने निष्कर्ष निकालेको छ। बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले यस्तो निष्कर्ष मात्रै निकालेन, संकल्प समेत गरेको छ। 

सचिवालय बैठकमा 'निष्कर्ष  र संकल्प' गरिनु पनि सत्ता गठबन्धनमा संकट आएको संकेत हो। सचिवालय बैठकपछिको प्रेस ब्रिफिङका क्रममा भएको प्रश्नोत्तरमा उपमहासचिव प्रदीप ज्ञवालीले समझदारी बनाउने प्रयास जारी रहेको बताएका थिए। 

सुदूरपश्चिममा विश्वास मत लिने सभा चलिरहँदा ज्ञवालीले भनेका थिए, 'यस्तो गठबन्धन टिकाइराख्न विश्वासको वातावरण बनाइराख्नुपर्छ। हिजो गरिएका प्रतिबद्धतालाई कायम राख्नुपर्छ। यस विषयमा थप छलफल भोलि बस्ने उच्चस्तरीय संयन्त्रको बैठकमा हुनेछ।' 

भिन्न-भिन्न दलको गठबन्धन रहेकाले असमझदारी उत्पन्न हुनु स्वभाविक रहेको बताउँदै समझदारी बनाउने प्रयास जारी रहेको पनि ज्ञवालीले बताएका थिए। 

एमालेका एक पदाधिकारीका अनुसार अध्यक्ष ओलीले केही शक्तिहरु गठबन्धन भत्काउन सक्रिय रहेको बताएका थिए। बैठकमा आफ्ना धारणा राख्ने क्रममा ओलीले भनेको कुरा उद्धृत गर्दै उनले भने,  'अहिलेको सत्ता गठबन्धन केहीलाई मन परेको छैन। उनीहरु कुनै पनि मूल्यमा यसलाई भत्काउनुपर्छ भनेर लागेका छन्। त्यतातिर सक्रिय छन्। एमालेको संकल्प यसलाई जोगाएर लैजानेमा हुनुपर्छ।'

सत्ता गठबन्धनका विषयमा अध्यक्ष ओली यसरी प्रस्तुत हुनु केही गडबडीको संकेतका रुपमा अन्य पदाधिकारीले लिएका छन्।

पर-पर जाँदै प्रचण्ड

PM_Prachanda1675941769.jpg

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड 'पर-पर' हुँदै गएको सत्ता साझेदार दलहरुले बुझ्न थालेका छन्। सुरुवाती सातमध्ये तीनटा शक्ति सरकार बाहिर पुगिसकेका छन्। केही दिनअघि मात्रै रास्वपा बाहिरियो। रास्वपाले सरकार छाड्ने वातावरण बन्नु दु:खद् भएको एमाले उपमहासचिव ज्ञवालीले सार्वजनिक रुपमै बताएका छन्। गृह मन्त्रालय दिएर उक्त पार्टीलाई सरकारमै होल्ड गरिराख्नुपर्ने बुझाइ एमालेको हो।  यो प्रकरणमा प्रचण्डसँग एमाले असन्तुष्ट बनेको उनको भनाइबाट प्रष्ट हुन्छ। 

ज्ञवालीले बिहीबार पत्रकारहरुसँग भने,  'नागरिकता पुन: प्राप्तिका त्रुटिका कारणले  गृहमन्त्री पद रिक्त भयो। हामीले पुस १० गते नयाँ कोर्स बनाइरहँदा जुन शक्ति बाँडफाँट गरेका थियौं। त्योअनुसार  गृह मन्त्रालय उहाँहरु (रास्वपा) लाई  दिइएको थियो। व्यक्ति को हुने उहाँहरुको कुरा थियो। तर, गृह मन्त्रालय दिएर सरकारमा होल्ड गरिरहनुपर्थ्यो। त्यसमा असमझदारी देखियो।'

रास्वपाकाे भागमा परेको गृह मन्त्रालय पछि दिन नमानेजस्तै राष्ट्रपतिमा पनि हुनसक्ने संकेत देखिइसकेका छन्। पुस १० गते भएको शक्ति बाँडफाँटको सहमतिअनुसार एमालेले राष्ट्रपति पाउनेछ, आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार। पहिलो साढे दुई वर्षको कार्यकालका लागि प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बनिसकेका छन्।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा पूर्व सहमतिहरु भने तोडिँदै जाने संकेत देखिएका छन्। एमालेको भागमा परेको भनिएको राष्ट्रपतिमा प्रचण्डले मन बदलेका छन्। केही समयदेखि राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा प्रचण्डको छ।

यहीबीच कांग्रेस सक्रिय भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निकट एक नेताका अनुसार प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री दिनेगरी प्रस्ताव गर्ने संकेत पुगिसकेको छ। कांग्रेसलाई राष्ट्रपतिसहित सरकारमा सहभागी बन्ने वातावरण बन्दा प्रचण्डले पाँच वर्ष नै प्रधानमन्त्री हुने अवसर पाउन सक्छन्। 

प्रचण्ड सचिवालयका अनुसार एमाले अध्यक्ष ‌ओलीले अघिल्लो कार्यकालमा गरेका गतिविधिबाट प्रचण्ड सशंकित छन्। निकटस्थसँग प्रचण्डले भन्ने गरेका छन्,  'साढे दुई वर्षसम्म त हामी सरकारमा हुन्छौं। तर, त्यसपछि एमालेकै प्रधानमन्त्री र उही पार्टीको राष्ट्रपति भयो भने हुने गतिविधिको अपजस हामीले बोक्नुपर्छ।'

प्रधानमन्त्री बन्न सहयोग गर्ने बहुमत दलहरु एक-एक बाहिरिँदै गएका छन्। सत्ता पक्षको सवैभन्दा ठूलो दल एमालेसँगको सम्बन्ध अझै हार्दिक बन्न सकेको छैन। यस्तो अवस्थाले प्रचण्ड पूर्व सहयात्री दलकहाँ नै पुग्ने वातावरण बनाइरहेको छ। प्रचण्डका पछिल्ला गतिविधि हेर्दा सुदूरपश्चिमबाट सूर्य अस्ताउँदै गएको संकेतका रुपमा बुझ्न सकिन्छ। 
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठक आगामी शनिबार दिउँसो १ बजे सानेपामा बस्ने जानकारी दिए । बुधबार, भदौ १७, २०८३
मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव बैठकमा वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेश निर्वाचन एवम् प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन असोज २३ गते... बुधबार, भदौ १७, २०८३
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को दोस्रो बैठकमा महाधिवेशनको मिति र विभिन्न तहका... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार, भदौ १७, २०८३
मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
प्रधानन्यायाधीश र न्यायाधीशहरुले राहत कोषमा १ करोड २४ लाख योगदान गर्ने बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्