• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिमबाट अस्ताउन थालेको हो सूर्य?

64x64
डिबी खड्का बिहीबार, माघ २६, २०७९  १९:३४
1140x725

काठमाडौं- आम निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेको नेकपा (माओवादी केन्द्र) ले समीकरण परिवर्तन गरेपछि सूर्य पूर्वदेखि पश्चिमसम्म उदाएको थियो। सातमध्ये एमालेले चारवटा मुख्यमन्त्री हासिल गरेको छ भने संघीय सरकारमा समेत महत्वपूर्ण हिस्सेदारी छ।

यही बीचमा नेकपा (एमाले) ले गुम्न नसक्ने दुईवटा उपलब्धि हासिल गरेको छ। प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन्। त्यसैगरी राष्ट्रिय सभाकाे रिक्त एक सिटमा एमालेका कुमार दसौदी निर्वाचित भएका छन्।  

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वर्तमान गठबन्धन कुनै पनि मूल्यमा जोगाउनुपर्ने लक्ष्यका साथ लागेका देखिँदैनन्। त्यस्तो हुँदो हो त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमै राख्न उनले प्रयास गर्थे।

एमालेको आग्रहमा रास्वपाले समर्थन कायम राखेको छ। प्रचण्डको गृह मन्त्रालय नदिने अडानबाट चिढिएको रास्वपाले समर्थन समेत फिर्ता लिने अवस्था आउँदा प्रचण्डलाई फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउँथ्यो। प्रचण्डको गठबन्धन परिवर्तनको संकेतबाट सूर्य (एमाले) संकटोन्मुख देखिएको छ। 

सुदूरपश्चिमको संकेत

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनको सरकार संकटमा परेपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका थिए। भेटवार्तापछि ओलीले 'जोगिन्छ होला' भनेका थिए तर प्रचण्डको प्रतिक्रिया थियो- 'एकैछिनपछि तपाईंहरुले थाहा पाउनुहुन्छ।'

एकैछिनमा थाहा भयो- सरकार जोगिएन। एमाले नेताहरुका अनुसार प्रधानमन्त्री प्रचण्डले चाहँदा सूदरपश्चिमको सरकार जोगाउन सक्ने अवस्था थियो। सरकार बनाउन सहयोग गरेर विश्वासको मत नदिएको नागरिक उन्मुक्ति पार्टीले आफ्ना मुद्दाहरु सम्बोधन हुने विश्वसनियता चाहेको थियो। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको संयुक्त हस्ताक्षरमा सम्बोधन गरिँदा सरकारमा सहभागी हुने बताएको थियो। 

एमाले अध्यक्ष ओली यस विषयमा सकारात्मक रहे पनि प्रचण्ड त्यसका लागि सहमत भएनन्। नागरिक उन्मुक्ति पार्टीले गरेको अविश्वास झन् बढ्यो।

Ncell 2
Ncell 2

प्रचण्डले चाहेको अवस्थामा एकीकृत समाजवादीले समेत सरकारलाई सघाउन सक्थ्यो। प्रचण्ड सचिवालयका अनुसार एकीकृत समाजवादीलाई संघीय सरकारमा ल्याउन प्रचण्डले केही दिनअघिबाटै पहल चालेका छन्। छलफल सकारात्मक छ। प्रचण्डले यही गठबन्धन जोगाउन चाहेको अवस्थामा सुदूरपश्चिमबाट त्यसको सुरुवात हुन सक्थ्यो। तर,  परिस्थिति त्यस्तो बनेन।

एमाले सचिवालय बैठकको विश्लेषण

UML_Secreteriat_Meeting1675930741.jpg

एमालेले कुनै पनि मूल्यमा वर्तमान सत्ता गठबन्धन टिकाएर लैजाने निष्कर्ष निकालेको छ। बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले यस्तो निष्कर्ष मात्रै निकालेन, संकल्प समेत गरेको छ। 

सचिवालय बैठकमा 'निष्कर्ष  र संकल्प' गरिनु पनि सत्ता गठबन्धनमा संकट आएको संकेत हो। सचिवालय बैठकपछिको प्रेस ब्रिफिङका क्रममा भएको प्रश्नोत्तरमा उपमहासचिव प्रदीप ज्ञवालीले समझदारी बनाउने प्रयास जारी रहेको बताएका थिए। 

सुदूरपश्चिममा विश्वास मत लिने सभा चलिरहँदा ज्ञवालीले भनेका थिए, 'यस्तो गठबन्धन टिकाइराख्न विश्वासको वातावरण बनाइराख्नुपर्छ। हिजो गरिएका प्रतिबद्धतालाई कायम राख्नुपर्छ। यस विषयमा थप छलफल भोलि बस्ने उच्चस्तरीय संयन्त्रको बैठकमा हुनेछ।' 

भिन्न-भिन्न दलको गठबन्धन रहेकाले असमझदारी उत्पन्न हुनु स्वभाविक रहेको बताउँदै समझदारी बनाउने प्रयास जारी रहेको पनि ज्ञवालीले बताएका थिए। 

एमालेका एक पदाधिकारीका अनुसार अध्यक्ष ओलीले केही शक्तिहरु गठबन्धन भत्काउन सक्रिय रहेको बताएका थिए। बैठकमा आफ्ना धारणा राख्ने क्रममा ओलीले भनेको कुरा उद्धृत गर्दै उनले भने,  'अहिलेको सत्ता गठबन्धन केहीलाई मन परेको छैन। उनीहरु कुनै पनि मूल्यमा यसलाई भत्काउनुपर्छ भनेर लागेका छन्। त्यतातिर सक्रिय छन्। एमालेको संकल्प यसलाई जोगाएर लैजानेमा हुनुपर्छ।'

सत्ता गठबन्धनका विषयमा अध्यक्ष ओली यसरी प्रस्तुत हुनु केही गडबडीको संकेतका रुपमा अन्य पदाधिकारीले लिएका छन्।

पर-पर जाँदै प्रचण्ड

PM_Prachanda1675941769.jpg

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड 'पर-पर' हुँदै गएको सत्ता साझेदार दलहरुले बुझ्न थालेका छन्। सुरुवाती सातमध्ये तीनटा शक्ति सरकार बाहिर पुगिसकेका छन्। केही दिनअघि मात्रै रास्वपा बाहिरियो। रास्वपाले सरकार छाड्ने वातावरण बन्नु दु:खद् भएको एमाले उपमहासचिव ज्ञवालीले सार्वजनिक रुपमै बताएका छन्। गृह मन्त्रालय दिएर उक्त पार्टीलाई सरकारमै होल्ड गरिराख्नुपर्ने बुझाइ एमालेको हो।  यो प्रकरणमा प्रचण्डसँग एमाले असन्तुष्ट बनेको उनको भनाइबाट प्रष्ट हुन्छ। 

ज्ञवालीले बिहीबार पत्रकारहरुसँग भने,  'नागरिकता पुन: प्राप्तिका त्रुटिका कारणले  गृहमन्त्री पद रिक्त भयो। हामीले पुस १० गते नयाँ कोर्स बनाइरहँदा जुन शक्ति बाँडफाँट गरेका थियौं। त्योअनुसार  गृह मन्त्रालय उहाँहरु (रास्वपा) लाई  दिइएको थियो। व्यक्ति को हुने उहाँहरुको कुरा थियो। तर, गृह मन्त्रालय दिएर सरकारमा होल्ड गरिरहनुपर्थ्यो। त्यसमा असमझदारी देखियो।'

रास्वपाकाे भागमा परेको गृह मन्त्रालय पछि दिन नमानेजस्तै राष्ट्रपतिमा पनि हुनसक्ने संकेत देखिइसकेका छन्। पुस १० गते भएको शक्ति बाँडफाँटको सहमतिअनुसार एमालेले राष्ट्रपति पाउनेछ, आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार। पहिलो साढे दुई वर्षको कार्यकालका लागि प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बनिसकेका छन्।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा पूर्व सहमतिहरु भने तोडिँदै जाने संकेत देखिएका छन्। एमालेको भागमा परेको भनिएको राष्ट्रपतिमा प्रचण्डले मन बदलेका छन्। केही समयदेखि राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा प्रचण्डको छ।

यहीबीच कांग्रेस सक्रिय भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निकट एक नेताका अनुसार प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री दिनेगरी प्रस्ताव गर्ने संकेत पुगिसकेको छ। कांग्रेसलाई राष्ट्रपतिसहित सरकारमा सहभागी बन्ने वातावरण बन्दा प्रचण्डले पाँच वर्ष नै प्रधानमन्त्री हुने अवसर पाउन सक्छन्। 

प्रचण्ड सचिवालयका अनुसार एमाले अध्यक्ष ‌ओलीले अघिल्लो कार्यकालमा गरेका गतिविधिबाट प्रचण्ड सशंकित छन्। निकटस्थसँग प्रचण्डले भन्ने गरेका छन्,  'साढे दुई वर्षसम्म त हामी सरकारमा हुन्छौं। तर, त्यसपछि एमालेकै प्रधानमन्त्री र उही पार्टीको राष्ट्रपति भयो भने हुने गतिविधिको अपजस हामीले बोक्नुपर्छ।'

प्रधानमन्त्री बन्न सहयोग गर्ने बहुमत दलहरु एक-एक बाहिरिँदै गएका छन्। सत्ता पक्षको सवैभन्दा ठूलो दल एमालेसँगको सम्बन्ध अझै हार्दिक बन्न सकेको छैन। यस्तो अवस्थाले प्रचण्ड पूर्व सहयात्री दलकहाँ नै पुग्ने वातावरण बनाइरहेको छ। प्रचण्डका पछिल्ला गतिविधि हेर्दा सुदूरपश्चिमबाट सूर्य अस्ताउँदै गएको संकेतका रुपमा बुझ्न सकिन्छ। 
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
राप्रपाको महामन्त्री बनाइने शर्तमा नानीमैयाले तोडिन् अनशन समानुपातिकको बन्द सूचीमा महिला क्लस्टरतर्फ समावेश नाममा असहमति जनाउँदै नानीमैयाले गत शुक्रबार पार्टी कार्यालयमै आमरण अनशन सुरु गरेकी... शुक्रबार, माघ २, २०८२
गगन नेतृत्वको कांग्रेस सिंगो केन्द्रीय समितिसहित निर्वाचन आयोग जाँदै विशेष महाधिवेशनलगत्तै थापा नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोग पुगेका थिए। शुक्रबार, माघ २, २०८२
नियमितको मिति तोकिएकै दिन विशेष महाधिवेशन मागको औचित्य समाप्त भएको थियो : खड्का शुक्रबार निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै खड्काले भने, 'पार्टीको केन्द्रीय कार्यसमिति बैठकले मंसिर १५ गतेको बैठकबाट नियमित महाधिव... शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल शुक्रबार, माघ २, २०८२
राप्रपाको महामन्त्री बनाइने शर्तमा नानीमैयाले तोडिन् अनशन शुक्रबार, माघ २, २०८२
गगन नेतृत्वको कांग्रेस सिंगो केन्द्रीय समितिसहित निर्वाचन आयोग जाँदै शुक्रबार, माघ २, २०८२
भेनेजुएलाकी कोरिना मचाडोले राष्ट्रपति ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्