काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल भारी अन्तरले पराजित भएको छ।
शनिबार राति भएको खेलमा ठूलो टोली भनिने गरेको लिभरपुल तुलनात्मक कमजोर आँकिएको ब्राइटन एण्ड होभ अल्बिओनसँग ३–० गोल अन्तरको भारी अन्तरले पराजित भएको हो।
ब्राइटनको जितमा सोली मार्चले दुई गोल गरे भने ड्यानी बेलब्याकले अर्को गोल थपे।
मार्चले खेलको ४६ र ५३ औँ मिनेटमा गोल गर्दै ब्राइटनलाई दुई गोलको अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ८१ औं मिनेटमा बेलब्याकले गोल गर्दै ब्राइटनलाई ३–० को फराकिलो जित सुनिश्चित गराए।
जितसँगै १८ खेलमा ३० अंक जोडेको ब्राइटन लिगको सातौं स्थानमा रहेको छ।
लिभरपुल भने १८ खेलमा २८ अंक जोडेर नवौं स्थानमा रहेको छ।
६ पटकको च्याम्पियन्स लिग विजेता लिभरपुल अर्को वर्ष यो प्रतियोगितामा छनोट नहुने सम्भावना बढेको छ। प्रिमियर लिगका शीर्ष चार टोलीले मात्र च्याम्पियन्स लिग खेल्न पाउँछन्।
प्रिमियर लिगअन्तर्गत नै अर्को खेलमा साउथह्याम्पटनले एभर्टनलाई २–१ ले पराजित गरेको छ ।
यस्तै, अर्को खेलमा नटिङ्घम फरेस्टले लेस्टर सिटीलाई २–० ले हराउँदा उल्भ्सले वेस्ट ह्यामलाई १–० ले पराजित गर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।