काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि कमब्याक जित निकालेको छ।

शनिबार राति भएको खेलमा युनाइटेडले सिटीलाई एक गोलल पछि परेको अवस्था उल्ट्याएर २–१ गोल अन्तरको कमब्याक जित निकालेको हो।
ओल्ड ट्राफोर्डमा भएको खेलको ६० औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, खेलको ७८ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै घरेलु टोली युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए।

त्यसपछि खेलको ८२ औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए।
यस जितसँगै युनाइटेडले १८ खेलमा ३८ अंक जोडेको छ। युनाइटेड तेस्रो स्थानमा रहेको छ।
पराजित हुनका बाबजुद साविकविजेता सिटी ३९ अंक जोडेर दोस्रो स्थानमा कायम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।