• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

प्रहरी जवानलाई यातना: २० वर्षसम्म 'फ्रस्ट्रेटेड दैनिकी'

रवीन्द्रनाथ रेग्मी शुक्रबार, पुस २९, २०७९  २०:४५
1140x725

१६ वर्षे पेन्सन अवधि ‘करिअर पुलिस’का लागि नभइ जसले प्रहरीलाई निश्चित समयका लागि जागिर गरेर निस्कने साेचेका हुन्छन्, उनीहरूका लागि हो। कतिपय देशहरूमा २ वर्षे मिलिटरी हुन्छन्। ५ वर्षे मिलिटरीको अभ्यास पनि छ।असाध्यै फिजिकल काम हुने र अलिकति उमेर ढल्किएपछि काम गर्न नसक्ने, युद्धमा जान वा अन्य फिजिकल कामका लागि योग्न नहुने हुँदा तल्लो दर्जाका प्रहरीलाई बेलैमा अवकाश दिने गरिन्छ।

असाध्यै एक्टिभ र टिनएजर बुद्धि भएको, जे भन्यो त्यही मान्ने, फिजिकल रिस्क जतिपनि लिन सक्ने मान्छेहरू मात्रै सेवामा राख्नका लागि थोरै अवधिमा रिटायर्ड गर्ने आमप्रचलन हो। उमेर ढल्किन थालेपछि फिजिकल काम गर्न नसक्ने भएकाले पेन्सन दिएर घर पठाउने चलन छ। यसले एकातिर आर्थिक चलायनमा हुन्छ भने अर्कोतफ अनुशासित जनशक्ति समाजमा पुग्छ। 

युगोस्लाभिया तथा युरोपका धेरै देश तथा दोस्रो विश्वयुद्धअघि अमेरिकामा समेत अनिवार्य सैनिक तालिम भनेर हुन्थ्यो। यसको उद्देश्य समाजलाई अनुशासित बनाओस् भन्ने पनि हो। हाम्रोमा सानो रुपमा त्यो स्वेच्छिक हिसाबले एनसीसी (राष्ट्रिय सेवा दल) भनेर दिइन्छ। यसका लागि राज्यले लाखौं लगानी गर्नु परेको छ। 

बिट्रिशले ‘गोर्खा सोल्जर’हरूलाई ‘अर्ली रिटायरमेन्ट’ दिन्थ्यो। बिट्रिशको सिको भारतले गर्‍यो। त्यसपछि हामीले पनि नक्कल गर्‍यौं। जसको करिअर छैन, उनीहरूले १६ वर्षपछि नयाँ करिअर सुरु गर्ने र त्यसका लागि केही राहत होस् भनेर पेन्सन उपलब्ध गराउन थालियो। 

यो फाइदाले जवानीमा भर्ना हुनेहरू आकर्षित भएर आइरहेका थिए। तर, पछि अवस्था यस्तो बन्दै गयो, सिपाहीमा भर्ना भएको व्यक्ति हवल्दार बन्न १२ वर्षसम्म कुर्नुपर्ने अवस्था आयो। यति मात्रै होइन अहिले सिपाहीको लाइफ यति निरीह छ कि जागिर खाउन्जेल यिनीहरूले राम्रोसँग सुत्न पनि पाउँदैनन्। घर बस्न पनि पाँदैनन्। ब्यारेकमा खाट छैन। त्यो अवस्थामा थोरै समय जागिर खाँदा पनि उनीहरू ‘फ्रस्ट्रेटेड’ भएका छन्। जसकारण उनीहरू चाँडै रिटायर्ड हुन चाहन्छन्। जवानलाइ 'फ्रस्ट्रेटेड दैनिकी' २० वर्षसम्म बिताउन लगाउनु भनेको यातना दिए सरह हुन्छ।

बेलैमा रिटार्यर्ड भयो भने अर्को काम सुरु गर्न पाइन्छ भन्ने हुन्थ्यो। बिचमा २० वर्ष सेवा अवधि पूरा गरेपछि मात्रै पेन्सन हुने व्यवस्था ल्याइयो। यो व्यवस्था लागू गर्ने बेला राज्यले आर्थिक पाटो मात्रै हेर्‍यो। यसलाई समग्र अध्ययन गरिएन। जसकारण तल्लो दर्जामा निश्चित समय सेवा गरेर आपत् परेको अवस्थामा केही सुरक्षा होस् भन्ने मान्छेको संख्या ठूलो छ, जो अहिले दुःखी भएका छन्। अब यिनीहरूलाई रिटार्यड गर्दा स्वाभाविक रुपमा खुशी त हुन्छन्। अर्को पक्षबाट हेर्दा समग्र पुलिसिङको क्वालिटीमा पनि हामीले ध्यान दिनुपर्छ। 

१६ वर्षे पेन्सन अवधिसँगै जवानमा भर्ना भएको मान्छेको करिअर पनि हामीले बिर्सन हुँदैन। जवानमा भर्ना भएको व्यक्तिले करिअर नदेख्ने भएपछि दिन काट्ने र कसरी पेन्सन पकाउन सकिन्छ भन्ने हिसाबले मात्रै काम गर्ने प्रवृत्ति पनि हुन्छ। जो मान्छेले करिअर देख्छ, उसैले राम्रो पुलिसिङ सिक्छ। तर, 'करिअर पुलिसिङ' मा राज्यले कुनै चासो देखिएको छैन। 

जतिसुकै राम्रो काम गरेको प्रहरी जवानलाई माथि जान दिइँदैन। हाम्रो प्रहरी नियमावलीले, सरकारको अहिलेसम्मको अध्ययन रिपोर्ट सबैले तल्लो दर्जामाथि अन्यायपूर्ण दृष्टिकोण राखेको पाइन्छ। 

nimb
nimb

निजामतीमा खरिदार राम्रो छ। क्षमता छ भने लोकदर्शनहरू मुख्य सचिवसम्म बन्छन्। तर, पुलिसमा जतिसुकै राम्रो मान्छे जवानमा भर्ना भएपनि प्रमुख बन्न सक्ने अवस्था छैन। करिअर पनि बनाउँछु, काम पनि गर्छु भनेर जवानमा भर्ना भएकाहरूको करिअर प्रहरीमा छैन। करिअर पुलिसिङ सरकारले कहिल्यै सोचेन। राज्यलाई पनि दिन कटाउने मान्छे हुँदाखेरि लाए अह्राएको सबै मान्ने, विरोध नगर्ने, धेरै डिमान्ड नगर्ने, जस्तोसुकै दुःख, कष्टमा पनि काम गर्ने मान्छे चाहिएको छ। 

तर्साउन, दमन गर्न यस्तो सोच उपयुक्त हो। तर, रेगुलर सर्भिस दिनका लागि त करिअर कन्सेप्ट हुनैपर्छ। नेपाल प्रहरीमै डीएसपी, एसपीको भन्दा राम्रो क्षमता भएका सिपाही, हवल्दार छन्। त्यति हुँदा पनि उनीहरूको करिअर छैन। 

यो पनि पढ्नुहोस

प्रहरीलाई किन चाहियो १६ वर्षमै पेन्सन?

कोलोनी गर्दा सबै अंग्रेज भारतमा आएर भारतीयमाथि दमन गर्न सक्ने अवस्था थिएन। त्यसपछि एसपीभन्दा माथि अंग्रेज हुने। जमिन्दार, राजारजैाटाका सन्तानहरूलाई थानेदार, अनि रैतीका बच्चालाई सिपाही बनाउने र जनतालाई दमन गर्ने प्रवृत्ति थियो। 

एसपीले आदेश दिएपछि थानेदारले मान्नै पर्‍यो। थानेदारले बाँकी सिपाहीलाई तह लगाउँछ। सिपाहीले जनतालाई दमन गर्छ। अंग्रेजले औपनिवेशीकरणका लागि प्रयोग गरेको पुलिसिङलाई हामीले नेपालमा कपी गर्‍यौं। जबकी बेलायतमै प्रहरीको चिफ बन्न प्रहरी जवान नभएको व्यक्ति बन्न सक्दैन। अनि, हामीले चाहिँ दमन गर्ने फौजको सिको सिक्यौं।

हाम्रोमा अहिले पनि राणाकालीन शैलीकै पुलिसिङ छ। सभ्य, शिक्षित मान्छेका छोराछोरी इन्स्पेक्टरमा भर्ना हुने। अलि निम्न मध्यम वर्गीय, खान–लगाउन पुग्ने, १२ कक्षासम्म पास गरेका व्यक्ति असईमा भर्ना गर्ने र गरिब खान, लाउनै धौधौ भएकाहरूका छोराछोरी जवानमा भर्ना हुने। अनि, तिनिहरूको सहयोगबाट जनतामा शासन गर्ने यो कुरा डेमोक्रेसीपछि राजनीतिक नेतृत्वहरूले रुचाइरहे। जसका कारण करिअर पुलिसिङ ध्वस्त भयो। जवानमा भर्ना भएर करिअर बनाउँछु भन्ने सपना बोकेकाहरू  ‘फ्रस्ट्रेटेड’ भएर बिचमै जागिर छाड्नु परेको अवस्था छ।

यो पनि पढ्नुहोस

सुरक्षा निकायमा विभेद: सेनालाई १६ वर्षमै पेन्सन हुँदा प्रहरीलाई २० किन ? 

(नेपाल प्रहरीको कर्मचारी शाखामा लामो समय बिताएका पूर्व उपरीक्षक (एसपी) रेग्मीसँग नेपाल लाइभका नारायण अधिकारीले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  २०:४५
  • #पेन्सन
  • #नेपाल प्रहरी
  • #सशस्त्र प्रहरी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
फेरि बाढी आउनसक्ने चीनको सूचनापछि धादिङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह
अप्पर त्रिशुली हाइड्रोको टनेलमा फसेका ३५० सहित सेनाद्वारा ८८३ जनाको उद्धार
भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन : खोजी र उद्धारका लागि माग
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
फेरि बाढी आउनसक्ने चीनको सूचनापछि धादिङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह बिहीबार, भदौ ११, २०८३
अप्पर त्रिशुली हाइड्रोको टनेलमा फसेका ३५० सहित सेनाद्वारा ८८३ जनाको उद्धार बिहीबार, भदौ ११, २०८३
भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन : खोजी र उद्धारका लागि माग बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी : अहिलेसम्म ३८९ शव फेला, सबैभन्दा बढी चितवनमा १३७ भेटिए बिहीबार, भदौ ११, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्