• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

सुरक्षा निकायमा विभेद: सेनालाई १६ वर्षमै पेन्सन हुँदा प्रहरीलाई २० किन ? 

64x64
नारायण अधिकारी शुक्रबार, पुस २९, २०७९  १५:१९
1140x725

काठमाडौं– २०७७ पुस २९ गतेको मन्त्रिपरिषद् बैठकले सैनिक सेवा नियमावली, २०६९ लाई संशोधन गर्दै पेन्सन अवधि घटायो। तेस्रो पटकको प्रयासमा नियमावली संशोधन गर्दै नेपाली सेनाले सिपाहीको २० वर्षे पेन्सन अवधिलाई घटाएर १६ वर्षमा झार्न सफल भयो।  

तल्लो दर्जाका सैनिकहरुले पटकपटक गुनासो गर्दै पेन्सन अवधि घटाउन माग गरेपछि तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो मुख्य एजेन्डामा सिपाहीका उक्त गुनासाहरु राखेका थिए। दुई पटकसम्म निमायवली संशोधन गर्ने सेनाको प्रस्ताव अस्वीकृत भएको थियो। अन्ततः तेस्रो प्रयासमा तत्कालीन प्रधानसेनापति थापा नियमावली संशोधन गर्न सफल हुँदै सिपाही/हवल्दारको गुनासो सम्बोधन गर्न सफल भएका थिए।

यसअघिसम्म १६ वर्ष सेवा गरेपछि पेन्सन पाक्ने अवधिलाई सैनिक सेवा नियमावली संशोधन गर्दै २०६० वैशाख २८ गतेपछि भर्ना भएका फलोअर्स र सिपाहीहरुको पेन्सन अवधि १६ बाट बढाएर २० वर्ष पुर्‍याइएको थियो। त्यसपछि तल्लो दर्जाका सेनाका कर्मचारीले असन्तुष्टि जनाउँदै १६ वर्ष नै कायम हुनुपर्ने माग गरेका थिए। 

अन्ततः नियमावली संशोधन गर्दै सेनाले तल्लो दर्जालाई न्याय दियो। फलोअर्स, सिपाही १६ वर्ष, प्युठ, अमल्दार र हुद्दाको १७ वर्ष, जमदारको १८ वर्ष, सुबेदार र प्रमुख सुबेदारको १९ वर्ष र सहायक सेनानीभन्दा माथि महारथीसम्म २० वर्ष सेवा गरेपछि पेन्सन पाउने व्यवस्था सेनामा लागू भएको छ। 

Police_STF1673522698.jpg

सेनामा जस्तै दुवै प्रहरी संगठन (नेपाल प्रहरी र सशस्त्र प्रहरी) मा पनि १६ बाट बढाएर २० वर्ष सेवा गरेपछि पेन्सन पाइने व्यवस्था गरिएपछि तल्लो दर्जा निरास भयो। तल्लो दर्जाको गुनासो सुन्न र सम्बोधन गर्न गरिएका विभिन्न गोष्ठी तथा अध्ययनमा तल्लो दर्जाका प्रहरी कर्मचारीको मुख्य माग पेन्सन अवधि १६ वर्ष बनाउनुपर्ने आयो।

जवान, हवल्दारका गुनासो सम्बोधन गर्न भन्दै दुवै प्रहरी संगठनले सेनाकै सिको गर्दै १६ वर्षमै पेन्सन पाउनुपर्ने प्रस्ताव तालुक (गृह) मन्त्रालयमा लगे। तर अहिलेसम्म प्रहरी हेडक्वाटरले गरेको उक्त प्रस्तावले मूर्त रुप पाउन सकेको छैन।

‘हामीले पटक-पटक प्रस्ताव लगेकै हौं। अहिले पनि लगिएकै छ। तर सम्बन्धित मन्त्रालयले यो वा त्यो बहाना देखाएर अड्काउने काम मात्रै गरेको छ,’ नेपाल प्रहरीका एक उच्च अधिकारी भन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb
NP_Rule_change_Draft1673525539.jpg
नेपाल प्रहरी नियमावलीको संशोधन प्रस्ताव (मस्यौदा)

ती अधिकारीका अनुसार गृह मन्त्रालय सकारात्मक भए पनि अर्थ मन्त्रालयले आर्थिक भार थपिने भन्दै उक्त प्रस्ताव पारित गरेको छैन। यसअघि पनि अर्थमन्त्री भइसकेका विष्णु पौडेलले १६ वर्षमै पेन्सन दिँदा आर्थिक भार थपिने भन्दै उक्त प्रस्ताव अस्वीकृत गरेका थिए। अहिले पुनः अर्थ मन्त्रालयको बागडोर उनै पौडेलले सम्हालेका छन्।

आर्थिक भारलाई कारण देखाउँदै प्रस्ताव अस्वीकृत गरेपछि दुवै प्रहरी संगठनले सेनाकै नक्कल गर्दै पेन्सन अवधारण पुनः अघि बढाएका छन्। नियमावली संशोधन गरेर १६ वर्षमै पेन्सन बनाए पनि रकम भने २० वर्ष पुगेपछि मात्रै पाउने व्यवस्था सेनामा गरिएको छ।

‘२० वर्ष सेवा अवधि नपुग्दै स्वेच्छिक अवकाश लिने सैनिक व्यक्तिले नेपाली सेनामा भर्ना भएको मितिले २० वर्ष अवधि पूरा गरेको मितिबाट मात्रै निवृत्तिभरण बापतको रकम प्राप्त गर्नेछन्,’ नियमावलीमा उल्लेख गरिएको छ। 

APF_Nepal1673522698.jpg

आर्थिक भारलाई कारण देखाएपछि सेनाकै अनुसारको प्रस्ताव प्रहरीमा अघि बढाइएको छ। जसमा कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्मको १६, असईदेखि वरिष्ठ सईसम्मको १८, इन्सपेक्टरभन्दा माथि आईजीसम्म २० वर्ष सेवा गरेपछि पेन्सन हुने व्यवस्था लागू हुनुपर्ने प्रस्ताव गरिएको छ। आर्थिक भारलाई कटौती गर्न सेनाकै जस्तो १६ वर्षमै पेन्सन पकाएर स्वेच्छिक अवकाशमा जान मिल्ने तर त्यसवापत पाउने निवृत्तिभरण भने २० वर्ष पूरा भएपछि मात्रै प्राप्त गर्ने गरी १६ वर्षमै पेन्सन पाक्ने व्यवस्था लागू गर्न उनीहरुले माग गरेका छन्।

यो प्रस्तावले राज्यलाई आर्थिक भार थप्नेभन्दा पनि झन् कम हुने तर्क प्रहरी संगठनको छ। ‘अवकाश भएको ४ वर्षसम्म प्रहरी कर्मचारीले न तलब पाउँछन् न पेन्सन। अवकाशमा गएकाको ठाउँमा भर्ना हुने नयाँ कर्मचारी कम ग्रेडको हुनाले कम तलब बुझ्छन्। जसकारण राज्यलाई आर्थिक भार हुनेभन्दा पनि झन् कटौती हुन्छ,’ नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी टेकप्रसाद राई भन्छन्।

APF_Rule_Change_Draft1673525575.jpg
सशस्त्र प्रहरी नियमावलीको संशोधन प्रस्ताव (मस्यौदा)

अर्कोतर्फ २० वर्ष पेन्सन अवधि बनाएपछि बीचमै राजीनामा दिएर वा नदिई जागिर छाड्ने प्रवृत्ति बढेकाले यसले झनै राज्यलाई आर्थिक भार थपिएको तर्क प्रहरी अधिकारीहरुको छ। ती अधिकारीले उदाहरण दिँदै भने, ‘१६ वर्षमै पेन्सन व्यवस्था हुँदा पेन्सन पकाएर अवकाशमा जान्छु भन्नेहरु २० वर्ष पुर्‍याएपछि ८/१० वर्षमै छाड्दा राज्यलाई आर्थिक भार झन् बढी हुन्छ।’

प्रहरीले आर्थिक भार कटौती हुने गरी सेनाकै शैलीको प्रस्ताव अघि बढाए पनि अहिलेसम्म पास हुन सकेको छैन। एउटै प्रकृतिका सुरक्षा निकायमा फरक-फरक व्यवस्था लागू गरेर विभेद गर्न नहुने सशस्त्र प्रहरी बलका पूर्व एआईजी नारायणबाबु थापाको तर्क छ।

‘सुरक्षा निकायमा कसैलाई काखा, कसैलाई पाखा गरेजस्तो देखियो। अझ डेटुडे बढी खटिनुपर्ने, बढी ड्युटी गर्नुपर्ने र २४सै घण्टा व्यस्त हुने प्रहरी कर्मचारीलाई चाहिँ २० वर्ष तर ब्यारेकमा बस्ने सेनालाई चाहिँ १६ वर्षमै पेन्सन व्यवस्था गर्दा प्रहरी कर्मचारीको मनोबल घट्छ। राज्यले सुरक्षा निकायमा यस्तो विभेद गर्नु राम्रो होइन,’ पूर्व एआईजी थापा भन्छन्।

यो पनि पढ्नुहोस

प्रहरीलाई किन चाहियो १६ वर्षमै पेन्सन?

 

यो पनि पढ्नुहोस

प्रहरी जवानलाई यातना: २० वर्षसम्म 'फ्रस्ट्रेटेड दैनिकी'

 

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १५:१९
  • #पेन्सन
  • #नेपाल प्रहरी
  • #सशस्त्र प्रहरी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
यूएन महासभामा सहभागी प्रधानमन्त्री शाह मंगलबार जाने, परराष्ट्रमन्त्री आजै न्यूयोर्क उडे, यस्तो छ कार्यतालिका आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्