काठमाडौं– प्रतिनिधिसभा बैठक सुरू हुनासाथ श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गर्दै सभामुखलाई पर्चा देखाएका छन् ।
उनीहरूको यो प्रदर्शनमाथि सभामुख डोलप्रसाद अर्यालले आपत्ति प्रकट गरे ।
प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने नारा लेखिएका पर्चा पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सबै सांसदहरूले प्रदर्शन गरेका हुन् । केहीबेर पर्चा देखाएपछि उनीहरू आसनमा फर्किए । यद्यपि, पर्चा छातीमा टाँसेर बसेका छन् ।
सभामुख अर्यालले यसरी पर्चा देखाउने अभ्यास नरहेको भन्दै यो मर्यादित नहुने टिप्पणी गरे । आगामी दिनमा यस्तो कार्य नगर्न उनले चेतावनी दिएका छन् ।
सोमबार संसद सुरु हुनासाथ गरिएको प्रदर्शनका क्रममा सो पार्टीका सांसदको छातीमा ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्दै पर्छ’ लेखिएको पर्चा टाँसिएको थियो ।
यस्तै प्रश्नदेखि भाग्न पाइँदै, जनमतलाई सम्मान गर, संसद छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय मर्यादा पालन गरजस्ता नारा समेत पर्चामा लेखिएको थियो । यसरी श्रम संस्कृति पार्टीले संसदभित्र प्रदर्शन गरेपछि मर्यादित बन्द श्रम संस्कृति पार्टीलाई आग्रह गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।