काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई सोमबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले बताए।
उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन।
प्रसाईंसँग केही विषयमा बुझ्नुपर्ने भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले बताए।
उनले भने, ‘उहाँसँग केही विषयमा बुझ्नुपर्ने भएकाले नियन्त्रणमा लिएका हौँ ।’
राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए ।
वीरगञ्जमा मंगलबार हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् ।
सो क्रममा उनले विमानस्थलमै सञ्चारकर्मीहरूसँग कुराकानी पनि गरेका थिए । वर्तमान सरकार र रास्वपा सांसदहरूमाथि उनले विभिन्न आलोचनासहितका टिप्पणी सञ्चारकर्मीसँग गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।