काठमाडौं– विश्वकप फुटबल विजेता आफ्ना खेलाडी लियोनल मेसीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले ‘गार्ड अफ अनर’ सम्मान दिएको छ।
विश्वकप विजेताको खुसीयाली मनाएर फ्रान्सको राजधानी पेरिस फर्किएका अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान मेसीलाई क्लबले बुधबार गार्ड अफ अनरद्वारा सम्मान गरेको हो। यसलाई लाई खेलकुदमा च्याम्पियनको विशिष्ट सम्मान गरेको मानिन्छ।
![](https://nepallive.com/uploads/editor/2023-01-04/152139442messi.jpg)
गार्ड अफ अनरमा ब्राजिली स्टार नेइमारलगायत पनि उपस्थित थिए। तर, फाइनलमा मेसीको टोली अर्जेन्टिनासँग पराजित फ्रान्सका केलियन एम्बाप्पे भने देखिएनन्।
गत डिसेम्बर १८ मा विश्वकपको उपाधि जितेपछि विदामा रहेका मेसी क्लब फुटबलका लागि बुधबार पेरिस फर्किएका हुन्।
मेसीको टोली अर्जेन्टिनाले भने संयोगवश उनी व्यवसायिक फुटबल खेलिरहेको देश फ्रान्सलाई नै हराएर विश्वकपको उपाधि जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।