काठमाडौं– फ्रान्सको राजधानी पेरिस फर्किएका विश्वविजेता अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेसीलाई ब्राजिली स्टार नेइमारले स्वागत गरेका छन्।
गत डिसेम्बर १८ मा विश्वकपको उपाधि जितेपछि विदामा रहेका मेसी क्लब फुटबलका लागि बुधबार पेरिस फर्किएका हुन्।
फ्रान्स फर्किएपछि मेसी आफ्नो क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका थिए। त्यहाँ उनलाई ब्राजिली खेलाडी नेइमारलगायतले स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
नेइमारको टोली ब्राजिल भने कतारमा गत महिना सम्पन्न २२औँ संस्करणको विश्वकपमा क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। प्रमुख दाबेदार मानिएको ब्राजिल क्रोएसियासँग पराजित हुँदै बाहिरिएको हो।
मेसीको टोली अर्जेन्टिनाले भने संयोगवश उनी व्यवसायिक फुटबल खेलिरहेको देश फ्रान्सलाई नै हराएर विश्वकपको उपाधि जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।