• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

काठमाडौंमा ३ वर्षपछि गुञ्जिएको नेपथ्य [तस्बिरहरु]

64x64
मनिष अर्याल आइतबार, पुस १७, २०७९  १३:५३
1140x725

काठमाडौं–  लोकरक ब्याण्ड नेपथ्यको श्रृंखलाबद्ध यात्रा शनिबार सम्पन्न भएको छ। एक महिनाभन्दा लामो भ्रमणमा निस्किएको टोली शनिबार साँझ काठमाडौंको भृकुटीमण्डपमा गुन्जन पुग्यो। 

निर्धारित समयमै ब्याण्डका दुईवटा म्यूजिक भिडियो बज्न सुरु भयो। लगत्तै मञ्चमा चढेको कलाकार टोलीले पहिलो कोशेलीका रुपमा हालसालै तयार भएको ब्याण्डको नयाँ गीत ‘भटभटे’ प्रस्तुत गर्‍यो।

पछिल्लो देश दौडाहाका क्रममा काठमाडौंभन्दा पहिले बुटवलका दर्शकमाझ पनि यो गीत प्रस्तुत गरिएको थियो। कन्सर्टकै पहिलो गीतका रुपमा भने राजधानीमै ‘भटभटे’ गाएर सुनाइएको हो।

Nepathya_Kathmandu_51672560321.jpg

नेपथ्यले दोश्रो प्रस्तुतिका रुपमा सर्वकालिक हिट गीत ‘भेडाको ऊनजस्तो’ प्रस्तुत गर्‍यो। अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाउँदासम्म दर्शकको उत्साह बढिसकेको थियो। 

कोभिड महामारीले संसार आक्रान्त पारेपछि थामिएको नेपथ्य काठमाडौंमा यसपालि ३ वर्षपछि प्रस्तुत भएको थियो। यसअघि भुकम्पले भत्किएको दोलखाको एउटा सरकारी विद्यालय निर्माणका लागि भृकुटीमण्डपमै सन् २०१९ मा ब्याण्डले कन्सर्ट गरेको थियो। 

दर्शकहरूलाई स्वागत गरेपछि अमृत गुरुङले ‘फेरि तपाईंहरूलाई म मेरो भेगतिर लैजान्छु, रोदीघरहरुमा लैजान्छु’ भन्दै गाउन सुरु गरे–

‘खान्न म त लामपाते सुरती
लाउँ कि नलाउँ जुग जाने पिरती’

Ncell 2
Ncell 2
nimb
nimb

Nepathya_Kathmandu_11_Amrit_Gurung1672560323.jpg

त्यसपछि पनि नेपथ्यका पुरानै गीत ‘चरि मर्‍यो’ र ‘जोमसोमे बजार’ले निरन्तरता पाएका थिए। दर्शकहरूलाई स्वदेश घुम्ने सल्लाह दिँदै अमृतले त्यसपछि धौलागिरितिर तयार पारिएको गीत सुनाएः

‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलाशिरीमा’

‘हाम्रा गाउँघरहरु दिन प्रतिदिन तन्नेरीविहीन भई रित्तिँदै जान थालेका छन्,’ अमृतले गुनासो गरे, ‘उहिलेदेखि लाहुर जाने परम्परा एक वा अर्को रुपमा झनै बढ्दैछ।’ 

Xtrem

Xtrem

यस्तो अवस्थामा स्वदेशमै युवाहरूलाई रोजगारीको अवसर जुराइदिन उनले दर्शकदीर्घामा रहेका मुलुकका उच्चपदस्थ ब्यक्तित्वहरुलाई अनुरोध गरे। 

Nepathya_Kathmandu_81672560322.jpg

त्यसपछि उनले लाहुरेहरुबाटै आएको गीत ‘नैनाताल’ सुनाएका थिए। प्रतिउत्तरमा दर्शकदीर्घाबाट ठूलो समर्थनसहितको आवाज आएको थियो। 

कार्यक्रम अवधिभर गायक अमृतले मानवसेवा आश्रमको उद्देश्यबारे बोल्नुका साथै पछिल्लो समय ब्याण्डले मानवताका निम्ति चालेको कदमलाई अथ्र्याउने प्रयत्न पनि गरे। घर परिवारबाट निकालिएर वा अपहेलित भई सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो।

यसै क्रममा ब्याण्डको अर्को सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरुको मनछुने तस्बिरहरु देखाइएको थियो।

Nepathya_Kathmandu_31672560320.jpg

शनिबारको कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’को पालो आइपुग्यो। अमृतले मञ्चबाट यो गीत गाइरहँदा राजधानीका दर्शकले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो। 

धुनकै क्रममा गायकबाट आएको यो आव्हानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो।

कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरू ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो।

Nepathya_Kathmandu_41672560320.jpg

दर्शकदीर्घामा परिचित अनुहार टनाटन भरिएका थिए। 

‘यसरी कन्सर्ट नहेरेको धेरै वर्ष भएको थियो,’ सिंगो परिवारसहित उपस्थित नेपाली कांग्रेसका महामन्त्री गगन थापा भनिरहेका थिए, ‘रमाइलो लाग्यो।’ उनको प्रतिक्रियामा रमाइरहेका छोरीहरूले पनि साथ दिएका थिए।

त्यसैगरी नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीको पनि स–परिवार उपस्थिति थियो। दर्शक दिर्घामा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायतको उपस्थिति थियो।

Nepathya_Kathmandu_121672560323.jpg

कार्यक्रमकै बीच गायक अमृतले आफूलाई सघाउने साथीहरू ड्रमसेटमा ध्रूव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीको परिचय गराएका थिए। 

संयोगवस कार्यक्रमको दिन अमृतको जन्मदिन परेको थियो। कार्यक्रम सुरु हुन पहिलेदेखि दर्शकदिर्घाबाट ह्याप्पी बर्थडेको सामूहिक शुभकामना गाइएको सुनिन्थो। 

Nepathya_Kathmandu_61672560321.jpg

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १३:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मनिष अर्याल
लेखकबाट थप
माघ स्नान गरी सुरु भयो ‘श्री स्वस्थानी व्रत कथा’ [तस्बिरहरु]
‘नाट्यमणि’मा बालबालिकाको ‘???’
दरबारमार्गमा अब ‘नो पार्किङ!’ [तस्बिरहरू]
सम्बन्धित सामग्री
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर आशिष अविरलकै संगीत रहेको गीतलाई ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको छ। गीत सार्वजनिक भएसँगै यसको भिडियोले सामाजिक सञ्जालमा चर्चा प... सोमबार, असोज १२, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सांसद प्रकाश सिंह कार्कीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्