काठमाडौं– काठमाडौंको दरबारमार्गस्थित सडक किनारमा रहेको सशुल्क बाइक तथा कार पार्किङ सेवा काठमाडौं महानगरपालिकाले हटाएको छ।
मंगलबारदेखि महानगरले सडकमा रहेको पार्किङ सेवा हटाएको हो। महानगरले पार्किङ सेवा बन्द गरेपछि बुधबारदेखि नै लागू गरिएको छ।
बुधबार बिहानैदेखि यसअघि पार्किङ गर्ने क्षेत्रमा ‘नो पार्किङ’का बोर्ड राखिए। उक्त क्षेत्रमा यसअघि महानगरले निजी कम्पनीलाई सशुल्क पार्किङ सेवा सञ्चालनको जिम्मा दिएको थियो।
तस्बिरहरू :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।