• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नवनिर्वाचित सांसद काठमाडौं केन्द्रित, नयाँ सरकार गठनमा ढिलाई

64x64
शेरबहादुर ऐर बुधबार, पुस ६, २०७९  १८:०२
1140x725

धनगढी– प्रतिनिधि सभामा निर्वाचित सांसदहरूको शपथ ग्रहण र नयाँ सरकार गठनको छलफल सुरू भएको छ। केही प्रदेश सभाले पनि शपथको समय निर्धारण गरिसकेका छन्। तर, सुदूरपश्चिम प्रदेशमा भने नयाँ सरकार गठनको प्रक्रिया मात्र होइन प्रदेश सभा सदस्यको शथपको समेत टुंगो लागेको छैन। 

केन्द्रीय राजनीतिक समीकरणको पर्खाइमा रहेका यस प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरू काठमाडौं केन्द्रित हुँदा प्रदेश सभा सचिवालयले कार्यतालिका तय गर्न सकेको छैन। प्रदेश सभा सचिवालयले सर्वदलीय बैठक र नवनिर्वाचित प्रदेश सभा सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गर्न नसकेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए।

सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूलाई पुस १५ भित्र पद तथा गोपनियताको शपथ गराउने गरि छलफल भइरहेको उनले बताए।

‘प्रदेशका नवनिर्वाचित पदाधिकारीलाई शपथ पुस ११ गतेको मिति तय गर्नेगरि छलफल भएको थियो’, प्रदेश सभा सचिवालयका सचिव बोगटीले भने, ‘यद्यपि, नवनिर्वाचित प्रदेश सभा सदस्यहरू संघीय राजधानी काठमाडौंमै भएकाले केही दिन लम्ब्याउनु परेको हो। हामीले पुस १५ गतेभित्र शपथ गराउने भनेर प्रदेश प्रमुखसंग छलफल भएको छ। अहिले नै मिति तय हुन सकेको छैन।’ 

संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ बमोजिम निर्वाचित प्रदेश सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्यले प्रदेश सभाको अध्यक्षता गर्ने व्यवस्था अनुसार प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गराउने व्यवस्था रहेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्य मानबहादुर रावल रहेका छन्। ६८ वर्षीय रावल नेपाली कांग्रेसबाट अछाम–२ (२)बा निर्वाचित प्रदेश सभा सदस्य हुन्।

रावललाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको शपथ गराउने छन्। त्यसपछि रावलले ५२ जना प्रदेश सभा सदस्यलाई शपथ ग्रहण गराउने छन्। प्रदेश सभामा प्रत्यक्ष निर्वाचित ३२ र समानुपातिकतर्फबाट २१ सांसद रहेका छन्। 

पद तथा गोपनियताको शपथ खाएपछि मात्र प्रदेश सभाको पहिलो बैठक ज्येष्ठ सदस्यले सञ्चालन गर्ने व्यवस्था रहेको छ। प्रदेश सभा सचिवालयका सचिव बोगटीले भने, ‘१५ गते पद तथा गोपनियताको शपथ खुवाउने र १८ गते पहिलो बैठक आह्वान गर्ने भन्ने प्रदेश प्रमुखसँग सामान्य छलफल भएको छ।’

संविधानको धारा १७९ अनुसार प्रदेश सभा सदस्यले प्रदेश सभा वा त्यसको कुनै समितिको पहिलो बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश कानुन बमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने कार्यक्रममा निर्वाचन आयोगबाट प्रदान गरिएको प्रदेश सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साइजको फोटोसहित प्रदेश सभा सचिवालयमा उपस्थित हुनुपर्छ।

सचिवालयले मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रदेश सभा सदस्यको निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा (२) तथा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम तीन दिन अगावै प्रदेश सभा सचिवालयमा उपलब्ध गराउनुपर्नेछ। 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
भारतीय सेनाध्यक्ष काठमाडौँ आउँदै, तर प्रधानमन्त्रीसँग अहिलेसम्म तय छैन भेट ! भारतीय सेनाध्यक्ष जनरल धिराज सेठ आइतबार काठमाडौं आउँदै छन्। नेपालका राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उन... आइतबार, साउन ३१, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको विविधतालाई आत्म... शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शुक्रबार उद्घाटन भएर शनिबार बिहानैदेखि बन्दसत्र चलिरहेको थियो । विभिन्न समितिका प्रतिवेदनहरु पेस भइरहेका बेला आयोजकले राष्ट्रिय भेला... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
अपडेट : पहिरो पन्छाएसँगै खुल्यो पृथ्वीराजमार्ग आइतबार, साउन ३१, २०८३
भारतीय सेनाध्यक्ष काठमाडौँ आउँदै, तर प्रधानमन्त्रीसँग अहिलेसम्म तय छैन भेट ! आइतबार, साउन ३१, २०८३
सुक्खा पहिरोले पृथ्वी राजमार्ग रातिदेखि अवरूद्ध, पहिरो पन्छाउने प्रयास जारी आइतबार, साउन ३१, २०८३
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
दिनभर दुर्गा प्रसाईंको घरमा प्रहरी, पक्राउ नगरी फिर्ता शनिबार, साउन ३०, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्