• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस संसदीय दलको चित्र : देउवाको ‘शक्ति’ माथि शेखर–गगनको प्रहार 

64x64
नवीन झा मंगलबार, पुस ५, २०७९  २१:१५
1140x725

काठमाडौं– बुधबार बिहान हुने कांग्रेस संसदीय दलको निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन दर्ता भएको छ। पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाको उम्मेदवारीले कांग्रेसको संसदीय दलको निर्वाचन रोचक देखिएको छ। 

संस्थापन पक्षबाट संसदीय दलमा देउवा सुुरुदेखि एक मात्र आकांक्षी थिए भने संस्थापनइतर पक्षबाट महामन्त्री गगन थापासहित नेता शेखर कोइराला पनि आकांक्षी देखिएका थिए। त्यही भएर होला संस्थापन पक्ष संसदीय निर्वाचनको सुरुदेखि हौसिएको थियो। तर, मंगलबार उम्मेदवारी मनोनयन अगाडि देखिएको परिदृश्यले सभापति देउवाको ‘शक्ति’ माथि प्रहार गर्न खोजेको देखिन्छ। 

बुधबार हुने निर्वाचनमा सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित भएपनि पार्टीमा उनको विगत ७ वर्षदेखिको शक्तिमा ह्रास आउने निश्चित भएको छ। मंगलबार संसदीय दलको उम्मेदवार मनोनयनअघि दुई महामन्त्री एकसाथ देखिए भने १४औं महाधिवेशनमा संस्थापन पक्षबाट महामन्त्रीका लागि चुनाव लडेका प्रदीप पौडेल पनि इतर पक्षमा खुलेका छन्। 

२०७४ को निर्वाचनमा देउवाको नेतृत्वमा कांग्रेस पराजित भएपछि उनको प्रतिरक्षा गर्ने उद्देश्यले पार्टी प्रवक्ता बनाइएका अहिलेका महामन्त्री विश्वप्रकाश शर्मा मंगलबार औपचारिक रूपमा संस्थापनइतर समूहमा खुले।  

४ मंसिरको निर्वाचनमा पार्टी कमाण्डरको हैसियतले देउवाले उम्मेदवार छान्दा ७० प्रतिशत हराहारीमा आफ्नो पक्षका नेताहरूलाई टिकट दिए। जसकारण उनलाई गणितीय रुपमा संसदीय दलको निर्वाचन धेरै महंगो नपर्न सक्ने आकलन संस्थापन पक्षको छ। तर, १४औं महाधिवेशनमा देउवाले पार्टीभित्र ‘होल्ड गरेको शक्ति’ मा भने क्षयीकरण देखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

१४ औं महाअधिवेनमा सभापति देउवासँगै शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि नेतृत्वको दौडमा उभिएका थिए। दोस्रो चरणमा देउवा र कोइरालाबीच मात्र प्रतिस्पर्धा भएको थियो। पहिलो चरणका प्रतिस्पर्धीहरू सिंह र निधि देउवातिर खुलेका थिए। 

तर, प्रकाशमान सिंहको समूहबाट महामन्त्री जितेका विश्वप्रकाश मात्र होइन, महाधिवेशनको क्रममा आफ्नो समूह देउवातिर विलय गराएका कृष्णप्रसाद सिटौला पक्षका नेता प्रदीप पौडेल पनि इतर पक्षमा खुलेका छन्। पौडेल १४औं महाधिवेशनमा देउवा प्यानलबाटै महामन्त्रीको उम्मेदवार बनेका थिए। 

संस्थापन पक्षले इतर समूह संसदीय दलको निर्वाचनमा फुट्न सक्ने र झनै कमजोर हुने आकलन गरेका थिए। तर, त्यसो भएन। मंगलबार संसदीय दलको उम्मेदवारी मनोयन गर्ने क्रममा यो समूह झनै शक्तिशाली भएर आयो। यसले भोलिका दिनमा पार्टी राजनीतिमा असर पर्ने देखिन्छ। जुन कुरा महामन्त्री शर्माले समेत मंगलबार प्रष्ट्याएका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उनले हालै सम्पन्न निर्वाचनले नागरिकले प्रमुख दलहरूभित्र व्यापक परिर्वतन खोजेको सन्देश दिएको भन्दै त्यो संसदीय दलबाटै सुरु गर्ने आफ्नो मत रहेको बताए। केही दिन अगाडि शर्माले सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्कालाई पनि पार्टीमा रुपान्तरण र पुस्तान्तरण गर्न सुझाएका थिए। 

संसदीय दलको निर्वाचनमा देखिएका अर्का नेता प्रदीप पौडेलले पनि निर्वाचनको परिणामले दलहरूले आफूमा सुधार नगरे अस्तित्व नै संकटमा पर्ने खतरा देखाएको टिप्पणी गरे। काठमाडौं–५ बाट प्रतिनिधि सभामा निर्वाचित भएका पौडेल निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीको उदय सांकेतिक रहेको भन्दै पुराना नेतृत्वहरू अभिभावक बनेर बस्ने बेला आएको बताए। 

‘पार्टीमा सुधार र परिवर्तनको व्यापक खाँचो छ’, पौडेलले भने, ‘त्यसको सुरुआत संसदीय दलबाट हुनुपर्छ भनेर म महामन्त्री गगन थापाको सर्मथक बसेको हुँ।’

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  २१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
रवि कैंची धाम पुगेको सेल्फी रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भे... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्