काठमाडौं– अफ्रिकी देश मोरक्कोलाई हराउँदै क्रोएसिया कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
भर्खरै सम्पन्न प्ले अफमा लुका मोड्रिचप्रेरित क्रोएसियाले मोरक्कोलाई २–१ गोल अन्तरले हराउँदै तेस्रो स्थान पक्का गरेको हो।
युगोस्लाभियाबाट छुट्टिएको क्रोएसियाले सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेको थियो। डाभोर सुकरप्रेरित क्रोएसिया पहिलो सहभागितामै जर्मनी, हल्याण्डजस्ता ठूला टोलीलाई हराएर तेस्रो भएको थियो।
क्रोएसियाले विश्वकपमा सबैभन्दा ठूलो उपलब्धि चार वर्षअघि रुसमा हासिल गरेको थियो। त्यो विश्वकपमा क्रोएसिया इंग्ल्याण्डलाई हराउँदै फाइनलमा पुगेको थियो। फाइनलमा भने फ्रान्ससँग पराजित हुँदै विश्वकप जित्नबाट बञ्चित भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।