काठमाडौं– दाेस्राे हाफकाे निरस खेलपछि माेरक्काेकाे खेलमा फर्किने सम्भावना तुहिएपछि गत विश्वकपकाे फाइनल पुगेकाे क्राेएसिया कतारमा जारी विश्वकपमा तेस्राे हुन सफल भएकाे छ।
पहिलाे हाफमा माेरक्काेविरुद्ध गरेकाे दुई गाेल नै क्राेएसियाका लागि जित पर्याप्त रह्याे। पहिलाे हाफमा दुवै टाेलीबाट कूल ३ गाेल भए। तर दाेस्राे हाफमा दुवैतर्फबाट गाेल हुन सकेन।
फ्रिककमा इभान पेरिसिचबाट पाएकाे माैकालाई डिबक्सभित्र रहेका जास्काे गाेवार्डिओलले हेङिङमार्फत गाेल गरेपछि क्राेएसियाले खेल सुरु भएकाे सात मिनेटमै अग्रता बनाएकाे थियाे।
तर आचर्फ डारीले त्यसकाे २ मिनेटपछि नै उत्कृष्ट गाेल गरेपछि ९ मिनेटभित्रै माेरक्काे खेलमा फर्किएकाे थियाे।
माेरक्काेका लागि ४२ मिनेटमा मिस्लाभ ओरसिचले गाेल गर्नु नै दुर्भाग्य सावित भयाे। उनले माेरक्कन डिफेन्डर अर्ल्ट नभएकाे अवस्थाकाे फाइदा उठाउँदै लिभाजाकाे क्रस पासमा गाेल गरे।
दाेस्राे हाफमा खेलमा फर्किन माेरक्काेले दुई पल्ट प्रयास नगरेकाे हाेइन। तर उनीहरुलाई क्राेएट गाेलरक्षकले निरास पारे। ६७ मिनेटमा जावल अल यामिकले डिबक्सभित्र राम्राे अवसर पाएका थिए। तर उनकाे प्रहारलाई क्राेएसियाली गाेलरक्षकले राेके।
अचर्फ हाकिमी, युसुफ एन–नेसरी र हाकिम जियाचले बीचमा राम्राे मुभ बनाउन खाेजेका थिए। तर उनीहरुकाे प्रयास सफल भएन।
माेरक्काे तेस्राे स्थानका लागि भएकाे खेलमा पराजित भए पनि उसले पुरै प्रतियाेगितामा उम्दा खेल खेल्याे। उसले अफ्रिकी महादेशबाट विश्वकपकाे सेमिफाइनल पुग्ने पहिलाे राष्ट्रकाे गाैरव बनायाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।