काठमाडौं– कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा क्रोएसियालाई ३–० हराउने क्रममा अर्जेन्टिनी कप्तान लियोनल मेसीले विभिन्न कीर्तिमान बनाएका छन्।
गएराति सम्पन्न क्रोएसियाविरुद्धको सेमिफाइनल खेलमा एक गोल र एक असिस्ट गरेपछि मेसीले अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक १० गोल गरेका गाब्रियल बाटिस्टुटाको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान बनाएका छन्।
क्रोएसियाविरुद्ध एक गोल गरेपछि अब मेसीले विश्वकपमा गरेको गोलको संख्या ११ पुगेको छ। उनी अब विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।
मेसीपछि बाटिस्टुटा १० गोलसहित दोस्रो स्थानमा छन्। विश्वकपमा गोल गर्ने खेलाडीको अर्जेन्टिनी शीर्ष स्थानको तेस्रो नम्बरमा गुइलेर्मो स्टाबिले छन्। उनले आठ गोल गरेका छन्।
सर्वकालीन महान खेलाडी डिएको म्याराडोना भने चौथो स्थानमा छन्। उनको नाममा पनि आठ गोल छन्। म्याराडोनाले पनि आठ गोल गरेपनि थोरै खेल खेलेर धेरै गोल गरेका आधारमा स्टाबिलेलाई तेस्रोमा राखिएको छ। चारवटा विश्वकप खेलेका म्याराडोनाले सन् १९८६ मा उपाधि जितेका थिए।
पाँचौ नम्बरमा अर्जेन्टिनालाई सन् १९७८ को विश्वकप दिलाएका मारियो केम्पास छन्। उनले ६ गोल गरेका छन्।
यसैगरी, छैटौँ क्रममा गोन्जालो हिग्वाइन छन्। उनको नाममा पाँच गोल छ।
त्यस्तै, सातदेखि १२ स्थानसम्म ६ जना खेलाडी छन्। ड्यानिअल बेर्टोनी, क्याउडियो कानिग्ला, हर्नान क्रेस्पो, रेने हाउसम्यान, लेओपोल्डो लुक्वी र जर्ज भाल्डाना छन्। उनीहरू सबैले समान चार गोल गरेका छन्। धेरै खेल खेलेर थोरै गोल गर्नेहरूको क्रम पछाडि राखिएको छ।
हेरौं शीर्ष १२ कोे सूचीः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।