काठमाडौं–कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा क्रोएसियालाई ३–० हराउने क्रममा अर्जेन्टिनी कप्तान लियोनल मेसीले विभिन्न कीर्तिमान बनाएका छन्।
भर्खरै सम्पन्न क्राएसियाविरुद्धको सेमिफाइनल खेलमा एक गोल र एक असिस्ट गरेपछि मेसीले आफ्नै देश अर्जेन्टिनाका महान खेलाडी डिएको म्याराडोनाको कीर्तिमान भंग गरेका हुन्। विश्वकपमा म्याराडोनाले ८ असिस्ट गरेका छन्। मेसीले आज एक असिस्ट गरेपछि उनीसँग बराबरी भएको छ।
यस्तै, मेसीले अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक १० गोल गरेका गाब्रियल बाटिस्टुटाको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान बनाएका छन्। क्रोएसियाविरुद्ध एक गोल गरेपछि अब मेसीले विश्वकपमा गरेको गोलको संख्या ११ पुगेको छ। उनी अब विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।