काठमाडौं– अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतारमा जारी विश्वकप फुटबलअन्तर्गतको आइतबार हुने फाइनल आफ्नो अन्तिम खेल भएको खुलासा गरेका छन्।
मंगलबार राति क्रोएसियालाई हराउँदै फाइनलमा स्थान बनाएपछि अर्जेन्टिनी सञ्चारमाध्यम डिएरियो रिपोर्टिभो आलेसँग कुरा गर्दै मेसीले यस्तो खुलासा गरेका हुन्।
‘फाइनलमा पुग्न सकेकोमा म धेरै खुसी छु। अब फाइनल खेलेर मेरो विश्वकपको यात्रा टुंग्याउने छु,’ उनले भने।
सेमिफाइनलमा मेसीले प्रेरणादायी प्रदर्शन गरेपछि अर्जेन्टिनाले क्रोएसियालाई ३–० को सहज जित दर्ता गर्दै फाइनलमा पुगेका छ। अब अर्जेन्टिनाले बुधबार राति हुने फ्रान्स र मोरक्कोबीचको खेलको विजेतासँग उपाधि भिडन्त गर्नेछ।
मेसीको कप्तानीमा रहेको अर्जेन्टिना सन् २०१४ मा पनि फाइनलमा पुगेको थियो। तर, जर्मनीसँग पराजित हुँदै उपाधि जित्नबाट बञ्चित भएको थियो। यसर्थ, फेरि फाइनलमा पुगेका मेसी उपाधि जित्दै विश्वकपको विदाइ सुखद बनाउन चाहन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।