• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस १९, २०८२ Sat, Jan 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मुख्यमन्त्री र अर्थमन्त्रीको लडाइँले जनतालाई करको भारी

64x64
रिखिराम जिसी आइतबार, कात्तिक २७, २०७९  ०७:३२
1140x725

पोखरा– गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षको आर्थिक ऐनमार्फत् सवारी कर, घरजग्गा रजिस्ट्रेशन शुल्कलगायत शीर्षकमा अचाक्ली कर वृद्धि गर्‍यो। जनस्तरबाट तीव्र आलोचना भयो। प्रदेश सरकारमाथि मात्र होइन, प्रदेश संरचनामाथि नै प्रश्न उठ्यो। 

मंसिर ४ मा प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन हुने भएसँगै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल करको दर घटाउनुपर्ने मनस्थितिमा पुगे। कर घटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा ल्याउन मुख्यमन्त्री पोखरेलले अर्थमन्त्री रामजीप्रसाद बराल जीवनलाई आग्रह गरे।

तर, बरालले पोखरेलको आग्रह ठाँडै अस्वीकार गरे। त्यसपछि मुख्यमन्त्री र अर्थमन्त्रीबीचको असमझदारी छताछुल्ल देखिन थाल्यो। 

मुख्यमन्त्री पोखरेलले बराललाई अर्थमन्त्रीबाट हटाउने मनसायसमेत बनाइसकेका थिए। बराल भने टसको मस भएनन्। असोज ७ गते प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री पोखरेल आफैंले करको दर घटाउन ठाडो प्रस्ताव लगे। निर्णय पनि गराए। निर्णय राजपत्रमा प्रकाशितपछि कार्यान्वयन हुन्छ। तर, करको दर घटाउने मन्त्रिपरिषद्को त्यो निर्णय असोज २७ गतेमात्रै राजपत्रमा प्रकाशित भयो। 

प्रदेश राजपत्र खण्ड–५, संख्या ५ मा सरकारले विभिन्न करका दरहरूमा छुट दिने गरी सूचना प्रकाशन गरेको थियो। असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको थियो। निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड ‘ख’मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने उल्लेख छ। 

फलस्वरुप निर्वाचन आयोगले आचारसंहिता विपरीत कार्य गरेको भन्दै प्रदेश सरकारलाई कात्तिक ४ गते स्पष्टीकरण सोध्यो। आयोगले करको दरमा हेरफेर गर्ने निर्णय प्रक्रियामा संलग्न प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री, प्रमुख सचिव र अर्थ मन्त्रालयका सचिवलाईसमेत छुट्टाछुट्टै स्पष्टीकरण पत्र पठाएको थियो। 

पछि कात्तिक १६ गतेको निर्वाचन आयोगको बैठकले करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न निर्देशन दियो। निर्वाचनको सम्मुखमा आचारसंहिता लागू भइसकेको अवस्थामा यस प्रकारबाट करको दरमा छुट दिने नीतिगत निर्णय गरी कार्यान्वयन गर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतालाई असर पर्नुका साथै सो कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड ख को विपरीत देखिएको आयोगले उल्लेख गरेको थियो

सोही अनुसार करका दरहरूमा हेरफेर गर्ने गरी भएको निर्णय निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (२) बमोजिम २४ घण्टाभित्र बदर गरी सोको जानकारी यथाशक्य चाँडो निर्वाचन आयोगमा उपलब्ध गराउन दिएको थियो। जसअनुसार त्यसको ५ दिनपछि प्रदेश सरकारको २१ गतेको बैठकले निर्णय खारेज गर्‍यो। मुख्यमन्त्री कार्यालयमा २१ गते मात्र पत्र प्राप्त भएकाले उक्त पत्रअनुसार करको दर घटाउने निर्णय खारेज गरेको उल्लेख गरेको थियो।

Ncell 2
Ncell 2

खारेजीको निर्णय २१ गते नै प्रदेश राजपत्रमा प्रकाशित भयो। तर, त्यसअघि गरेको करको दर घटाउने निर्णय २० दिनपछि मात्रै राजपत्रमा प्रकाशित भएको थियो।

यसले प्रदेश मन्त्रिपरिषदको निर्णय हुनासाथै प्रदेश राजपत्रमा प्रकाशित गर्न सकिने दृष्टान्त देखाएको छ। जब कि असोज ७ गते गरिएको कर घटाउने निर्णय पनि त्यसैगरी तुरुन्तै राजपत्रमा प्रकाशित भएको भए निर्वाचन आचारसंहिता मिचिदैनथ्यो।

कर घट्दा जनतालाई राहत हुन्थ्यो। आयोगले प्रष्टीकरण सोध्दैनथ्यो र अहिले आएर खारेज गर्नुपर्ने थिएन। प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थ कमजोरी स्वीकार गर्न तयार छैनन्। उनी नियमित प्रक्रिया पूरा गर्दा नै राजपत्रमा प्रकाशित गर्न समय लागेको भएको दाबी गर्छन्। ‘सामान्यतया मन्त्रिपरिषद्का निर्णयहरु निश्चित समयपछि पठाउने भन्ने पनि छ, त्यो अभ्यास पनि छ, सम्बन्धित मन्त्रालयमा गएपछि मन्त्रालयले निर्णय गरेर राजपत्रमा पठाउने विषय पनि रहन्छ। त्यो हुँदाहुँदै केही दिन ढिला भयो होला,’ उनले भने। 

चाडपर्वका बिदाले गर्दा राजपत्रमा प्रकाशित हुन समय लागेको पन्थ बताउँछन्। ‘ढिला भएको यथार्थचाहिँ दसैं बिदाले हो, बाँकी अर्थ मन्त्रालयले पनि त्यहाँ निर्णय गर्नुपर्ने हुन्छ,’ उनले भने। 

कर घटाउने भनेर असोज ७ मा भएको निर्णय २७ गते राजपत्रमा प्रकाशन गर्दा अर्को कमजोरी पनि भएको छ। त्यो हो, निर्णय गरेको मिति उल्लेख नगर्नु। सोही कारण पनि आयोगले आचारसंहिता लागू भइसकेको समयमै कर घटेको बुझेको छ।

प्रमुख सचिव पन्थले भने, ‘त्यसको प्रक्रिया छ, कानुन मन्त्रालयले फम्र्याटमा लगेर गर्ने हो, के राख्नुपर्ने हो के राख्नु हुन्न त्यो कानुन मन्त्रालयले हेर्छ।’

मन्त्रिपरिषदले आयोगलाई दिएको प्रष्टीकरणमा पनि कर घटाउने निर्णय आचारसंहिता लागू नहुँदै भएको जवाफ दिएको थियो। तर, पनि आयोगले त्यो निर्णय खारेज नै गर्न भन्यो। त्यसैले कर घटाउने निर्णय आचारसंहिता लाग्नुअघि नै गरे पनि बेलैमा राजपत्रमा प्रकाशित नगर्दा खारेजीमा पर्‍यो।

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  ०७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
अमेरिकी डलरको भाउ निरन्तर उकालो आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः बृद्धि भएको छ । शनिबार, पुस १९, २०८२
पर्यटकको ‘अनलाइन ट्र्याकिङ’ सुरु विभिन्न भिसामा नेपाल भित्रिएका विदेशी नागरिक अध्यागमन कानुन विपरीत अरु नै गतिविधिमा संल्लग्न हुन नदिन निगरानी, नियमन र व्यवस्थापन तथ... बिहीबार, पुस १७, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, पुस १७, २०८२
ताजा समाचारसबै
अमेरिकी डलरको भाउ निरन्तर उकालो शनिबार, पुस १९, २०८२
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु शनिबार, पुस १९, २०८२
भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल शुक्रबार, पुस १८, २०८२
पुस मसान्तभित्र विशेष महाधिवेशन महामन्त्रीले बोलाउँछ: गगन थापा शुक्रबार, पुस १८, २०८२
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल शुक्रबार, पुस १८, २०८२
पुस मसान्तभित्र विशेष महाधिवेशन महामन्त्रीले बोलाउँछ: गगन थापा शुक्रबार, पुस १८, २०८२
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन शुक्रबार, पुस १८, २०८२
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्