• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मुख्यमन्त्री र अर्थमन्त्रीको लडाइँले जनतालाई करको भारी

64x64
रिखिराम जिसी आइतबार, कात्तिक २७, २०७९  ०७:३२
1140x725

पोखरा– गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षको आर्थिक ऐनमार्फत् सवारी कर, घरजग्गा रजिस्ट्रेशन शुल्कलगायत शीर्षकमा अचाक्ली कर वृद्धि गर्‍यो। जनस्तरबाट तीव्र आलोचना भयो। प्रदेश सरकारमाथि मात्र होइन, प्रदेश संरचनामाथि नै प्रश्न उठ्यो। 

मंसिर ४ मा प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन हुने भएसँगै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल करको दर घटाउनुपर्ने मनस्थितिमा पुगे। कर घटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा ल्याउन मुख्यमन्त्री पोखरेलले अर्थमन्त्री रामजीप्रसाद बराल जीवनलाई आग्रह गरे।

तर, बरालले पोखरेलको आग्रह ठाँडै अस्वीकार गरे। त्यसपछि मुख्यमन्त्री र अर्थमन्त्रीबीचको असमझदारी छताछुल्ल देखिन थाल्यो। 

मुख्यमन्त्री पोखरेलले बराललाई अर्थमन्त्रीबाट हटाउने मनसायसमेत बनाइसकेका थिए। बराल भने टसको मस भएनन्। असोज ७ गते प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री पोखरेल आफैंले करको दर घटाउन ठाडो प्रस्ताव लगे। निर्णय पनि गराए। निर्णय राजपत्रमा प्रकाशितपछि कार्यान्वयन हुन्छ। तर, करको दर घटाउने मन्त्रिपरिषद्को त्यो निर्णय असोज २७ गतेमात्रै राजपत्रमा प्रकाशित भयो। 

प्रदेश राजपत्र खण्ड–५, संख्या ५ मा सरकारले विभिन्न करका दरहरूमा छुट दिने गरी सूचना प्रकाशन गरेको थियो। असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको थियो। निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड ‘ख’मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने उल्लेख छ। 

फलस्वरुप निर्वाचन आयोगले आचारसंहिता विपरीत कार्य गरेको भन्दै प्रदेश सरकारलाई कात्तिक ४ गते स्पष्टीकरण सोध्यो। आयोगले करको दरमा हेरफेर गर्ने निर्णय प्रक्रियामा संलग्न प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री, प्रमुख सचिव र अर्थ मन्त्रालयका सचिवलाईसमेत छुट्टाछुट्टै स्पष्टीकरण पत्र पठाएको थियो। 

पछि कात्तिक १६ गतेको निर्वाचन आयोगको बैठकले करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न निर्देशन दियो। निर्वाचनको सम्मुखमा आचारसंहिता लागू भइसकेको अवस्थामा यस प्रकारबाट करको दरमा छुट दिने नीतिगत निर्णय गरी कार्यान्वयन गर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतालाई असर पर्नुका साथै सो कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड ख को विपरीत देखिएको आयोगले उल्लेख गरेको थियो

सोही अनुसार करका दरहरूमा हेरफेर गर्ने गरी भएको निर्णय निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (२) बमोजिम २४ घण्टाभित्र बदर गरी सोको जानकारी यथाशक्य चाँडो निर्वाचन आयोगमा उपलब्ध गराउन दिएको थियो। जसअनुसार त्यसको ५ दिनपछि प्रदेश सरकारको २१ गतेको बैठकले निर्णय खारेज गर्‍यो। मुख्यमन्त्री कार्यालयमा २१ गते मात्र पत्र प्राप्त भएकाले उक्त पत्रअनुसार करको दर घटाउने निर्णय खारेज गरेको उल्लेख गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

खारेजीको निर्णय २१ गते नै प्रदेश राजपत्रमा प्रकाशित भयो। तर, त्यसअघि गरेको करको दर घटाउने निर्णय २० दिनपछि मात्रै राजपत्रमा प्रकाशित भएको थियो।

यसले प्रदेश मन्त्रिपरिषदको निर्णय हुनासाथै प्रदेश राजपत्रमा प्रकाशित गर्न सकिने दृष्टान्त देखाएको छ। जब कि असोज ७ गते गरिएको कर घटाउने निर्णय पनि त्यसैगरी तुरुन्तै राजपत्रमा प्रकाशित भएको भए निर्वाचन आचारसंहिता मिचिदैनथ्यो।

कर घट्दा जनतालाई राहत हुन्थ्यो। आयोगले प्रष्टीकरण सोध्दैनथ्यो र अहिले आएर खारेज गर्नुपर्ने थिएन। प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थ कमजोरी स्वीकार गर्न तयार छैनन्। उनी नियमित प्रक्रिया पूरा गर्दा नै राजपत्रमा प्रकाशित गर्न समय लागेको भएको दाबी गर्छन्। ‘सामान्यतया मन्त्रिपरिषद्का निर्णयहरु निश्चित समयपछि पठाउने भन्ने पनि छ, त्यो अभ्यास पनि छ, सम्बन्धित मन्त्रालयमा गएपछि मन्त्रालयले निर्णय गरेर राजपत्रमा पठाउने विषय पनि रहन्छ। त्यो हुँदाहुँदै केही दिन ढिला भयो होला,’ उनले भने। 

चाडपर्वका बिदाले गर्दा राजपत्रमा प्रकाशित हुन समय लागेको पन्थ बताउँछन्। ‘ढिला भएको यथार्थचाहिँ दसैं बिदाले हो, बाँकी अर्थ मन्त्रालयले पनि त्यहाँ निर्णय गर्नुपर्ने हुन्छ,’ उनले भने। 

Xtrem

Xtrem

कर घटाउने भनेर असोज ७ मा भएको निर्णय २७ गते राजपत्रमा प्रकाशन गर्दा अर्को कमजोरी पनि भएको छ। त्यो हो, निर्णय गरेको मिति उल्लेख नगर्नु। सोही कारण पनि आयोगले आचारसंहिता लागू भइसकेको समयमै कर घटेको बुझेको छ।

प्रमुख सचिव पन्थले भने, ‘त्यसको प्रक्रिया छ, कानुन मन्त्रालयले फम्र्याटमा लगेर गर्ने हो, के राख्नुपर्ने हो के राख्नु हुन्न त्यो कानुन मन्त्रालयले हेर्छ।’

मन्त्रिपरिषदले आयोगलाई दिएको प्रष्टीकरणमा पनि कर घटाउने निर्णय आचारसंहिता लागू नहुँदै भएको जवाफ दिएको थियो। तर, पनि आयोगले त्यो निर्णय खारेज नै गर्न भन्यो। त्यसैले कर घटाउने निर्णय आचारसंहिता लाग्नुअघि नै गरे पनि बेलैमा राजपत्रमा प्रकाशित नगर्दा खारेजीमा पर्‍यो।

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  ०७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व मंगलबार, असोज २०, २०८३
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
नझुक्ने र नचुक्ने न्यायमूर्ति सर्वोच्चमा न्यायाधीश नियुक्ति हुनुपर्छ : सांसद न्यौपाने मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
फेसबुके राजा र फेसबुके रानी भन्दै मिराज ढुंगानाले गरे कटाक्ष सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्