• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

प्याराग्लाइडिङको अभ्यास खेल नै आधिकारिक, निधन भएका निसिमलाई स्वर्णले सम्मान

64x64
रिखिराम जिसी बिहीबार, कात्तिक ३, २०७९  १३:२६
1140x725

पोखरा – पोखरा रंगशालाभित्र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उभिइरहेको छ कस्तुरी मृगको मस्कट। प्रतियोगिताको अन्तिम दिन मंगलबार बिहान प्याराग्लाइडिङको पदक वितरण गरियो । नवौँ राष्ट्रिय खेलकुदमा खेलाडी गुमाउने खेल पनि यही बन्न पुग्यो।

घटना नघटेको भए रंगशाला सायद उल्लासले भरिएको हुन्थ्यो। तर, राष्ट्रिय प्रतियोगिताले एक ‘होनहार’ राष्ट्रिय खेलाडी गुमाउन पुगेको छ। उनै ‘होनहार’ खेलाडी निसिम थापालाई सम्झिँदै प्याराग्लाइडिङका इभेन्ट सकिएका छन्।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा अनुबन्धित खेलाडी थापाले टिम क्रसकन्ट्रीमा रजत पदक जितेका थिए।

तर, खेलाडी गुमाउनुको पीडालाई राज्यले थप सम्मान दिने निर्णय गर्‍यो। प्याराग्लाइडिङका खेलाडी निसिमलाई सरकारले सम्मानस्वरुप स्वर्ण पदक दियो र २५ हजार रुपैयाँ पनि दियो। । उनी मरणोपरान्त स्वर्णधारी बन्न पुगेका छन् । 

निसिमको स्वर्ण पदक उनका काका भेनिस थापाले लिँदा त्यहाँको माहोल भावुक बनेको थियो। खेल दौरानमै मृत्यु भएका निसिमको सम्मानमा नेपाली सेनाको एक समूहले उनको तस्बिरसहितको ब्यानर प्रदर्शन गरेको थियो। जहाँ लेखिएको थियो, ‘हामी तिमीलाई सम्झने छौं ।’ 

निसिम यो दुनियाँमा नभए पनि खेल र खेलप्रेमीले उनलाई नबिर्सने त्यहाँ रहेका अधिकांशले प्रतिक्रिया दिएका थिए।

निसिमको सम्झनास्वरुप उनको नाममा पोखरा रंगशालामा अर्धकदको शालिक बन्ने भएको छ। बीमाको रकमबाहेक पनि थप सहायताका लागि आफ्नो मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लाने युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्री गहतराजसहित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पदाधिकारीको टोली उनको परिवारलाई भेट्न गएको थियो।

२९ वर्षीय निकिसको गत असोज ३० मा खेल दौरान नै निधन भएको थियो। 

पुरुषमा गण्डकी, महिलामा आर्मी विजयी

नवौं राष्ट्रिय खेलकुदका दौरान दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ प्रतियोगिताको पदक छिनोफानो भएको छ। नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतका अनुसार असोज २८ गते गरिएको प्राक्टिस म्याचको नतिजालाई नै आधिकारिक नतिजा मानेर पुरस्कार वितरण गरिएको हो।

क्रसकन्ट्री, टिम क्रसकन्ट्री र अक्युरेसी विधामा भएका खेलमा टिम र एकलतर्फ गण्डकी र विभागीय टिम नेपाली आर्मीले समान ३, ३ स्वर्ण जितेका छन्। जसअनुसार क्रमकन्ट्रीमा गण्डकीको टिमले स्वर्ण पदक जितेको छ। खेलाडी विजय गौतम, सुशील गुरुङ, शेरबहादुर गुरुङ र युकेश गुरुङ सम्मिलित गण्डकीको टिमले कुल २७५० अंकसहित स्वर्ण पदक हात पारेको छ।

विभागीय टिम त्रिभुवन आर्मी क्लबले क्रसकन्ट्रीमा रजत पदक जितेको छ। कुल २५५५.९ अंसहित आर्मीले रजत पदक जितेको हो। टिममा सुरज थापा, विजय दाहाल, निसिम थापा र विशाल जलारी सहभागी थिए । सोही टिमका निसिमको दुर्घटनाकै कारण असोज ३० गते मृत्यु भएको थियो।

त्यस्तै, बागमती प्रदेशले क्रसकन्ट्रीमा कास्य पदक हात पारेको छ। कास्य जितेको बागमतीको टिममा कृष्णबहादुर सुनुवार, मोहनकुमार सुनुवार, विशाल लामा र भवन आचार्य सहभागी थिए। उनीहरुले कुल २१४८.३ अंक प्राप्त गरेको संघले जनाएको छ।

व्यक्तिगत पुरुषतर्फ आर्मीलाई स्वर्ण

क्रसकन्ट्री विधाको व्यक्तिगततर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । आर्मीका सुरुज थापाले कुल १ सय अंकसहित स्वर्ण पदक हात पारेका हुन् ।

सोही स्पर्धामा गण्डकी प्रदेशका विजय गौतमले रजत पदक हात पारेका छन्। उनले कुल ९४८.६ अंक हात पारेका थिए। त्यस्तै, बागमतीका कृष्णबहादुर सुनुवारले कांस्य पदक जितेका छन् । उनले कुल ९२५.६ अंक प्राप्त गरेको नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले जानकारी दिए।

प्याराग्लाइडिङ एक्युरेसी पुरुषतर्फ गण्डकीलाई स्वर्ण

प्याराग्लाइडिङकै एक्युरेसी विधाको समूह पुरुष स्पर्धामा गण्डकी प्रदेशले स्वर्ण पदक हात पारेको छ। गण्डकीका प्याराग्लाइडिङ खेलाडी सुमन थापा, सागर नेपाली, रिखी पोडे र नुरन थापाको टिमले कुल २३ अंकसहित स्वर्णपदक हात पारेका हुन्।

त्यस्तै, विभागीय टिम एपीएफ क्लबले रजत पदक अक्युरेसी टिम पुरुषतर्फ रजत पदक हात पारेको छ । संघका अनुसार पूर्वतयारी खेलमा अञ्जन कुँवर, रवीन्द्र ढकाल, विष्णु कार्की र अमन थापाको समूहले कुल ४० अंक प्राप्त गरेका थिए ।

सोही स्पर्धामा प्रदेश १ ले कांस्य पदक जितेको छ । प्रदेश नं. १ का रोशन बस्नेत, युवराज सुनुवार, दिलकुमार सुनुवार र विश्वास गुरुङको समूहले सामूहिक ४९ अंक प्राप्त गर्दै कांस्य पदक जितेका हुन् ।

प्याराग्लाइडिङ एक्युरेसी पुरुष व्यक्तिगततर्फ गण्डकी पहिलो
अक्युरेसी व्यक्तिगत पुरुष विधातर्फ गण्डकीले नै स्वर्ण पदक हात पारेको छ । गण्डकीका खेलाडी सुमन थापाले स्वर्ण, एपीएफका अञ्जन कुँवर रजत र नेपाल आर्मीका विष्णु तिमिल्सिना कांस्य पदक जितेका हुन् ।

व्यक्तिगत अक्युरेसीमा गण्डकीका थापा र विभागीय टिम नेपाल आर्मीका कुँवरले समान समान ३ अंक ल्याएका थिए । दुवैको अंक बराबर भएपछि गोलाप्रथाबाट सुमनले स्वर्ण जितेको संघले जनाएको छ ।

प्याराग्लाडिङ टिम एक्युरेसी महिलामा आर्मी च्याम्पियन

महिला टिम अक्युरेसीतर्फ विभागीय टिम नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । नेपाल आर्मीका मुनामाया जिटी, दुर्गामाया गुरुङ र स्वस्तिका गुरुङको समूहले ४० अंकसहित राष्ट्रिय खेलकुदमा स्वर्ण पदक हात पारेका छन् ।

रजत पदक हात पारेको गण्डकीको महिला एक्युरेसी टिमले कुल ११३ अंक ल्याएको थियो । गण्डकीको टिममा ऋतु श्रेष्ठ, कृष्णु पौडेल र शर्मिला शर्मा सहभागी थिए । 

त्यस्तै, सोही स्पर्धामा रजत पदक प्रदेश नं. १ ले हात पारेको छ । प्रदेश १ का देवकी सुनुवार, अनुष्का सुनुवार, इश्का राई ले ८९० अंक प्राप्त गरेको संघले जनाएको छ ।

महिला एक्युरेसी व्यक्तिगत महिलातर्फ आर्मीले एकछत्र राज 

महिला एक्युरेसी व्यक्तिगत महिलातर्फ आर्मीले एकछत्र राज गरेको छ । आर्मीका मुनामाया जिटी २० अंकसहित स्वर्ण पदक, दुर्गामाया गुरुङ २१ अंकसहित रजत, स्वस्तिका गुरुङ कांस्य ५४ अंक प्राप्त गरेका थिए ।

क्रसकन्ट्रीअन्तर्गत प्रतिस्पर्धा भइरहेको बेला प्याराग्लाइडिङ टेकअफका क्रममा दुर्घटना हुँदा नेपाल आर्मीका २५ वर्षीय निसिम थापाको मृत्यु भएको थियो । उडानका क्रममा दुर्घटनापश्चात दुर्घटना भएपछि नेपाल हवाइ खेलकुद संस्थानले देशैभरिको प्याराग्लाइडिङ उडान स्थगित गरेको छ । 

‘इन्टरनेस्नल प्राक्टिस नै के हुन्छ भने दुर्घटना वा मौसमका कारण गेम भएन भने प्राक्टिस वा जुन गेम भएको हुन्छ त्यहीअनुसार नै नतिजा दिनुपर्ने हुन्छ,’ महासचिव रावतले भने, ‘हाम्रो प्राक्टिस २८ गते भएकाले एक्युरेसीको त्यही नतिजा घोषणा भएको हो । क्रसकन्ट्रीमा भने एक चरणको गेम भएको थियो, त्यसैलाई आधिकारिक मान्यौं ।’

पुरस्कार वितरण नवौं राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरा रंगशालामा गरिने भएको छ । 
 

यो पनि पढ्नुहोस

जसको स्वर्णपदक जित्ने सपना छिनभरमै बिलायो

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १३:२६
  • #नवौं राष्ट्रिय खेलकुद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा अनियमितताको आशंकामा एन्फा मुख्यालयमा छापा मारिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए । उनका अनुसार शुक्रबार साँझा छापा... शुक्रबार, असोज २, २०८३
पहिलो जितको खोजिमा नेपाल नेपालले २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलको प्रारम्भिक चरणको दोस्रो खेलमा बिहीबार इन्डोनेसियाविरुद्ध खेल्दैछ। बिहीबार, असोज १, २०८३
एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत पीएमजीओ साउथ एसिया फाइनल्स २०२६ काठमाडौंमा हुँदै प्रतियोगिता भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ। मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्