• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

जसको स्वर्णपदक जित्ने सपना छिनभरमै बिलायो

64x64
रिखिराम जिसी सोमबार, असोज ३१, २०७९  ०७:१०
1140x725

पोखरा– नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङका खेलहरु शनिबारबाट सुरु भएको थिए। आइतबार पनि शनिबारजस्तै प्रतिस्पर्धा गर्न २५ जना खेलाडी अफिसियल, रेफ्री पोखरा महानगरपालिका २५, सराङकोट पुगे। सराङकोट पुगेपछि प्याराग्लाइडिङ प्रशिक्षक तथा रेफ्री सुरेन गुरुङले सहभागी सबै खेलाडीलाई प्याराग्लाइडिङ टेक अफ गर्ने ठाउँमा लगे। 

खेलाडीहरुलाई नियम र ध्यान दिनुपर्ने कुराहरु जानकारी गराउँदै आवश्यक तयारी पूरा गरे। हावाको चाप र मौसमको अवस्था बुझ्न रेफ्री सुरेन सबैभन्दा पहिले प्याराग्लाइडिङमा उडे। हावाको चाप सामान्य भएपछि खेलाडीहरुलाई उड्ने अनुमति दिए। २५ जना खेलाडीमध्ये पहिले उडेका खेलाडी थिए निसिम थापा। तर, उड्नासाथै प्याराग्लाइडिङले आकाशको सट्टा भुइँको बाटो समायो। 

ग्लाइडर निर्माणधीन घरमाथि खस्यो र खस्यो निसिमको जीवन पनि। निसिमले आइतबारै अन्तिम श्वास फेरे। ग्लाइडर खसेपछि उनलाई तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले उद्धार गरी उपचारका लागि मेट्रोसिटी अस्पताल लगियो। तर, त्यहाँ पुगेपछि चिकित्सकले मृत घोषणा गरे।

‘उडानलगत्तै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो,’ एक प्रत्यक्षदर्शीले भने, ‘उनी सोझै पोखरा १८ सराङकोटस्थित एक निर्माणधीन भवनमा खस्न पुगे। जहाँ उनको निधन भयो।’ प्याराग्लाइडिङमा दखल राख्ने निसिमसँग देश तथा विदेशमा प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिएको र जितेको अनुभव पनि थियो। 

उनले नेपाल च्याम्पियन लिगमा पटक–पटक प्याराग्लाइडिङको उपाधि जितेका थिए। उनले भारत, कोरिया, इन्डोनेसियालगायतका देशमा प्याराग्लाइडिङ इभेन्टमा पनि सहभागिता जनाइसकेका थिए। उनी प्याराग्लाइडिङ खेलाडीहरुको छाता संस्था एफएआईका कम्पिटिसन वरीयता प्राप्त खेलाडीसमेत हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

गोरखा पालुङटार स्थायी घर भएका २६ वर्षे निसिम परिवारसँगै पोखराको हस्पिटल चोक बस्थे। त्रिभुवन आर्मी क्लबमा नवौं राष्ट्रिय खेलकुदका लागि करारमा अनुबन्ध भएका निसिम राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्न चाहन्थे।

स्वर्ण पदकका लागि मिहेनत गरेका उनी कहिल्यै नफर्किने गरी सधैंका लागि संसारबाट बिदा भएका छन्। पोखराका आकाशमा निसिमको प्रतिस्पर्धात्मक प्याराग्लाइडिङ उडान यो दोस्रो थियो। त्यही नै अन्तिम बन्यो। प्याराग्लाइडिङ खेलको प्रसंगमा सबैभन्दा अगाडि पोखराको नाम लिइन्छ। अधिकांश प्याराग्लाइडिङ उडान पोखराकै आकाशमा हुन्छन्। 

लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुद प्याराग्लाइडिङलाई समावेश गरिएको थियो। जुन बेला प्याराग्लाइडिङ पोखराकै आकाशमा भएको थियो। जसमा निसिमले आर्मीबाटै खेलेका थिए र त्यो बेला आर्मीले रजत पदक जितेको थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

दिवंगत निसिम उनका आमाबाबुका एक्लो सन्तान हुन्। प्याराग्लाइडिङ प्रतियोगितामा त्रिभुवन आर्मी, एपीएफ, गण्डकी, कर्णाली र प्रदेश नम्बर १ का २५ खेलाडी सहभागी थिए। खेलका क्रममा खसेर खेलाडीको मृत्यु भएपछि नवौं खेलकुद अन्तर्गत प्याराग्लाइडिङ खेल स्थगित भएको छ।

खेलाडीको मृत्युपछि प्याराग्लाइडिङ खेलहरु अनिश्चितकालका लागि स्थगित गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले जनाएको छ। जसले गर्दा प्रतियोगिता अनिश्चित बनेको छ। 

देशभर सञ्चालनमा रहेका प्याराग्लाइडिङ उडान बन्द गर्न नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ। प्राधिकरणबाट अर्काे सूचना जारी नभएसम्म प्याराग्लाइडिङ देशैभर बन्द गराउन निर्देशन दिएको हो। हवाई क्षेत्रसँग सम्बन्धित यो खेललाई थप व्यवस्थित बनाउन तत्काल बन्द गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ।
 

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  ०७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय २०८३ सालको ३१ दिनको असोज महिनामा पनि २२ दिनमात्र सरकारी कार्यालय खुलेका थिए । शनिबार, कात्तिक ७, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय खेलाडी छनौट प्रतियोगिता अन्तर्गत हुम्लामा महिला भलिबल खेलका खेलाडी छन... बिहीबार, असोज २९, २०८३
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो टोलीको नेपाल फर्किने उडान २८ तारिख दिउँसो १२ बजेका लागि तय गरिएको थियो। तर, उडानमा ढिलाइ भएपछि जापानबाट थाइल्यान्ड पुगेको टोलीले बैं... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
आजको लागि तोकियो विदेशी मुद्राको विनिमयदर मंगलबार, कात्तिक १०, २०८३
विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै मंगलबार, कात्तिक १०, २०८३
खेलकुदमन्त्री भन्छन्- एनपीएल खेल पर्यटन र पहिचान बढाउने बलियो आधार मंगलबार, कात्तिक १०, २०८३
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्