काठमाडौं –भारतका चोंगरेंग कोरेनलाई हराउँदै नेपालका रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका छन्।
गएराती भारतको नोएडामा भएको खेलमा कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै रवीन्द्र च्याम्पियन बनेका हुन्।
आफ्नो व्यावसायिक रेकर्ड ८-१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच-लडाईको जितको श्रृंखलालाई भंग गरिदिए।
यो ढाँटका लागि व्यावसायिक करिअरको नवौं जित हो। तर, यो जित उनको मात्रै थिएन। उनले यो सफलता आफ्नो प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई समर्पण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।