काठमाडौं– टर्कीको एक कोइला खानीमा विष्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ। शुक्रबार राति भएको विष्फोटमा कम्तिमा २८ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
खानीमा ५० भन्दा धेरै कामदार फसेका छन्। बाहिर निकाल्ने क्रम जारी राखिएको टर्कीका गृहमन्त्री सुलेमान सोयलूले जानकारी दिएका छन्।
बार्टिनको अमासरा सहरमा रहेको उक्त खानीमा ज्वलनशील ग्यासका कारण विस्फोट भएको बताइएको छ।
खानीमा विष्फोट भएको सूचना पाउनेबित्तिकै गृहमन्त्री सोयलू घटनास्थल पुगेका थिए। उनका अनुसार विष्फोटका बेला खानीमा ११० कामदार रहेका थिए। अधिकांश मानिस बाहिर आइसकेका थिए।
५० जनाजति खानीभित्र फसेकाले उनीहरुको उद्धार गर्ने काम भइरहेको मन्त्री सोयलूले जानकारी दिए। सन् २०१४ मा पनि टर्कीकै मानीसा प्रान्तमा भएको कोइला खानी विष्फोट हुँदा ३०१ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।