नयाँ दिल्ली- भारतीय कांग्रेसको अध्यक्षका लागि तीन जनाले नाम दर्ता गराएका छन्। शशि थरुर, मल्लिकार्जुन खड्गे र केयन त्रिपाठीले नाम दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ताको अन्तिम दिन शुक्रबार तीनजनाले नाम दर्ता गराएका हुन्। सबैभन्दा पहिले नाम दर्ता गराउँदै थरुरले अध्यक्षका लागि आफ्नो तर्फबाट पूरा तयारी रहेको बताएका थिए।
उनले भने, ‘जब तपाईं कुनै रेसमा शामेल हुनुहुन्छ। तपाईंलाई जानकारी हुन्छ कि नतिजा तय भइसककेको छ। तपाईं यस्तो आत्मविश्वासका साथ कोशिश गर्नुहुन्छ कि नतिजा जेसुकै होस्।'
त्यसपछि उक्त पदका लागि पार्टीका वरिष्ठ नेता, राज्य सभा सदस्य तथा प्रतिपक्ष दलका नेता मल्लिकार्जुन खड्गेले पनि उम्मेदवारी दिएका छन्। कांग्रेस नेता प्रमोद तिवारीले उनलाई समर्थन गरेका छन्। उम्मेदवारी दिँदै उनले भने, ‘मैले पनि अध्यक्षमा उम्मेदवारी दिएँ। पार्टी नेताहरुको फैसलाको सम्मान गरिनेछ।’
अक्टुबर १ मा सूची सार्वजनिक हुनेछ भने अक्टुबर ८ सम्म नाम फिर्ता लिने समय हुनेछ। आगामी अक्टुबर १७ मा मतदान र अक्टुबर १९ मा नतिजा सार्वजनिक हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।