काठमाडौं- भारतीय कांग्रेसको अध्यक्षका लागि शशि थरुरले उम्मेदवारी दिएका छन्। थरुरले ट्विटमार्फत् उक्त जानकारी दिएका हुन्।
उनले अध्यक्षका लागि आफ्नो तर्फबाट पूरा तयारी रहेको बताए। उनले भने, ‘जब तपाईं कुनै रेसमा शामेल हुनुहुन्छ। तपाईंलाई जानकारी हुन्छ कि नतिजा तय भइसककेको छ। तपाईं यस्तो आत्मविश्वासका साथ कोशिश गर्नुहुन्छ कि नतिजा जेसुकै होस्।'
शुक्रबार कांग्रेस अध्यक्ष पदका लागि उम्मेवारी दिने अन्तिम दिन हो। उक्त पदका लागि पार्टीका वरिष्ठ नेता, राज्य सभा सदस्य तथा प्रतिपक्ष दलका नेता मल्लिकाजुर्न खड्गेले पनि उम्मेदवारी दिनेछन्। कांग्रेस नेता प्रमोद तिवारीले उनलाई समर्थन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।