काठमाडौं– लियोनल मेस्सीको दुई गोल प्रेरित अर्जेन्टिनाले जमैकासँगको मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ।
गएराति भएको खेलमा अर्जेन्टिनाले जमैकालाई ३-० गोल अन्तरले हरायो। जसमा मेस्सीले दुई गोल गरे।
खेलको ८६ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमको अग्रता २-० को बनाए। त्यसअघि खेलको १३ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए।
खेलको ८९ औं मिनेटमा मेस्सीले फ्रिकिक मार्फत व्यक्तिगत दोस्रो गरेर अर्जेन्टिनाको जितलाई सहज बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।