काठमाडौं– युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन्। मंगलबार भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेशविरुद्ध जित निकाल्न सफल राष्ट्रिय टिमका खेलाडीलाई मन्त्री गहतराजलले बधाई दिएका हुन्।
मंगलबार बेलुका नेपाल र बंगलादेशबीचको खेल हेर्न दशरथ रंगशाला पुगेका मन्त्री गहतराजले खेल सकिएलगत्तै मैदानमै पुगेर खेलाडीहरुलाई बधाई दिएका थिए।
विजय सेलिब्रेसन गरिरहेका खेलाडीहरुलाई साथ दिन मैदानमै उत्रिएका मन्त्री गहतराजले राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ लगातयका खेलाडीसँग केही समय भलाकुसारी समेत गरेका थिए।
मन्त्री गहतराज प्रतियोगिता अवधिभर रंगशालामै बसेका थिए। मैत्रिपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।