काठमाडौं– उरुग्वेका भरपर्दा डिफेन्डर रोनाल्ड अराउजो गम्भीर घाइते भएका छन्। बार्सिलोनाका पहिलो रोजाईका डिफेन्डर अराउजो अन्तर्राष्ट्रिय ड्युटीका क्रममा घाइते भएका हुन्।
इरानसँगको मैत्रीपूर्ण खेलमा गम्भीर घाइते भएपछि अराउजोले दुई महिनापछि कतारमा हुने विश्वकप समेत गुमाउन सक्ने अवस्था आएको छ। बुधबार उनको तिघ्राको शल्यक्रिया गरिँदैछ।
बार्सिलोनाले अराउजोको शल्यक्रिया गर्नुपर्ने भएको पुष्टि गरेको छ। जसकारण आउँदो नोभेम्बर २० बाट हुने विश्वकप उनले गुमाउन सक्ने आकलन गरिएको छ।
विश्वकपमा उरुग्वेसँगै समूह ‘एच’ मा पोर्चुगल, घाना र दक्षिण कोरियासँग परेका छन्। अराउजोको चोटले उरुग्वे र बार्सिलोना दुवैलाई तनाव थपेको छ।
अन्तर्राष्ट्रिय ड्युटीका क्रममा अराउजोसँगै बार्सिलोनाका स्टाइकर मेम्फिस डिपाय, मिडफिल्डर फ्रेन्की डी जोङि, डिफेन्डर जुलेस काउन्डे र स्टाइकर डेम्बेल समेत घाइते भएका छन्। जसकारण बार्सिलोनालाई अन्तर्राष्ट्रिय ब्रेक मंहगो परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।