काठमाडौं– जमर्नीसँग बराबरी खेलेपछि इंग्ल्याण्ड युईएफए नेसन्स लिग ‘ए’ को रेलिगेसनमा परेको छ। गएराति भएको खेलमा इंग्ल्याण्ड जमर्नीसँग ३–३ को बराबरीमा रोकिएपछि रेलिगेसनमा परेको हो।
अब इंग्ल्याण्डले नेसन्स लिग ‘बी’ खेल्नुपर्ने भएको छ। ६ खेलबाट ३ अंक जोड्दै समूह ‘सी’को पुछारमा रहेपछि इंग्ल्याण्ड रेलिगेसनमा परेको हो।
समूह ‘सी’ मा इटाली ६ खेलबाट ११ अंकसहित विजेता बन्दा १० अंकसहित हंगेरी दोस्रो, ७ अंकसहित जर्मनी तेस्रो बन्दा इंग्ल्याण्ड पुछारमा रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।