काठमाडौं– इटाली युईएफए नेसन्स लिग फुटबलको फाइनमा प्रवेश गरेको छ। गएराति भएको खेलमा हंगेरीलाई हराउँदै इटाली फाइनलमा प्रवेश गरेको हो।
समूह ‘सी’को अन्तिम खेलमा इटालीलले हंगेरीलाई २–० गोल अन्तरले पराजित गर्यो। ६ खेलबाट ११ अंकका साथ शीर्ष स्थानमा रहँदै इटाली फाइनल प्रवेश गरेको हो।
अन्तिम खेलमा बराबरी नतिजा भएपनि फाइनल पुग्ने अवसरबाट हंगेरी बन्चित भयो। इटालीको जितमा जियाकोमो रास्पाडोरी र फेडेरिको डिमार्कोले एक–एक गोल गरे।
चारवटा समूहका चार विजेताले फाइनल चरणका लागि खेल खेल्नेछन्। इटालीसँगै समूह ‘ए’को विजेता बन्दै क्रोएसिया र समूह ‘डी’को विजेता बन्दै नेदरल्याण्ड फाइनल चरणमा प्रवेश गरिसकेका छन्।
अब समूह ‘बी’को विजेताको टुंगो लाग्न बाँकी छन्। समूह ‘बी’को विजेताको रुपमा पोर्चुगल र स्पेनको प्रतिस्पर्धा छ। समूह विजेता बन्दै फाइनल प्रवेशका लागि पोर्चुगललाई बराबरीको नतिजा भए पुग्छ भने स्पेनलाई जित अनिवार्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।