• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सुपथ मूल्य पसलमा पाइँदैन चिनी 

64x64
शेरबहादुर ऐर बुधबार, असोज १२, २०७९  ०८:५९
1140x725

धनगढी– हरेक वर्ष दशैं, तिहार र छठलाई लक्षित गर्दै सरकारले देशभरीका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्छ। 

यस वर्ष पनि कैलालीको धनगढीमा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले छुट्टा–छुट्टै सुपथ मूल्य पसल सञ्चालन गरिरहेका छन्। खाद्यकोमा चामल र साल्ट ट्रेडिङकोमा अन्य खाद्य सामग्री उपलब्ध छन्। तर, उपभोक्ताले चिनी भने पाएका छैनन्।

साल्ट ट्रेडिङले चाड पर्वलाई लक्षित गर्दै सहुलियत मूल्यमा चिनी बिक्री गर्ने गर्थ्यो। तर २ वर्षयता धनगढीका सुपथ मूल्य पसलमा उपभोक्ताले चिनी पाएका छैनन्। ग्राहकले सबैभन्दा बढी चिनी खोज्ने भएपनि सरकारले उपलब्ध नगराएको भन्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत वर्षदेखि नै चिनी बिक्री गर्न छोडेको हो।

‘चिनी भारतबाट ल्याउनुपर्ने भएपनि सरकारले अनुमति दिएको छैन’,  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीका सूचना अधिकारी रामचन्द्र जोशीले भने, ‘नेपाली चिनी खरिद गरेर सहुलियतमा दिन सकिने अवस्था छैन। त्यसैले गत वर्षदेखि नै चिनी बिक्री गर्न नसकिएको हो।’

सरकारले चिनी आयातमा कर लगाएपछि अर्थ मन्त्रालयले भारतबाट चिनी खरिदको अनुमति नदिएको उनले बताए। 
ग्राहक भने चिनीकै लागि सुपथ मूल्यमा पुग्ने गरेका छन्। ‘चिनी सस्तो पाउँछ भनेर सुपथ मूल्य पसलमा आएकी हुँ,’ धनगढी–५ हसनपुरकी सीता भट्टले भनिन्, ‘तर, यहाँ चिनी रहेनछ। खाली हात फर्कनुपर्‍यो।’ अब भारतको सीमावर्ती वनगाउँ बजार गएर चिनी खरिद गर्ने उनले सुनाइन्।

‘चाडवाडमा धेरै चिनी चाहिन्छ,’ उनले भनिन्, ‘वनगाउँबाट ल्याउँदा नेपालको भन्दा किलोमा २० रुपैयाँ सस्तो पर्ने भएका कारण धेरै चिनी चाहिँदा त्यतै जाने गरेका छौं।’ वनगाउँ जान बाटोको समस्या हुने भएकाले साल्ट ट्रेडिङमै चिनी पाइए राम्रो हुने उनको भनाइ छ।

साल्ट ट्रेडिङले चिनी नदिएको र धनगढी बजारमा धेरै महंगो पर्ने भएपछि भारतको वनगाउँ जानु परेको उनले सुनाइन्। धनगढी बजारमा चिनीको मूल्य ९० रुपैयाँ प्रतिकिलो छ। वनगाउँमा भने ६८ रुपैयाँमै चिनी पाइने गरेको छ। 
सुपथ मूल्य पसलमा चिनी सस्तोमा पाइँदा बजारमा पनि मूल्य केही घट्ने गरेको थियो। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले धनगढी र गोदावरीमा सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ। सो पसलबाट नुन, चिउरा, खाने तेलमा छुट दिने गरेको छ।

साल्ट ट्रेडिङका सूचना अधिकारी जोशीका अनुसार नुनमा २ रुपैंया छुट दिएर प्रति किलो १८ रुपैयाँमा बिक्री भइरहेको छ। एक जनालाई एक दिनमा बढीमा ६ किलो नुन दिने गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी चिउरामा प्रतिकिलो ७ रुपैयाँ छुट दिएर प्रतिकिलो ८८ रुपैयाँमा बिक्री गर्ने गरिएको छ भने स्वस्तिक तोरीको तेलमा प्रति लिटर ७ रुपैयाँ छुट दिएर प्रतिलिटर ३०५ रुपैंयामा बिक्री गर्ने गरिएको सूचना अधिकारी जोशीले बताए। जोशीका अनुसार १ दिनमा १ जनालाई चिउरा ४ किलो र खानेतेल ४ लिटरसम्म दिइने गरिएको छ।

पहाडमा सञ्चालन भएन 
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत वर्षसम्म सुदूरपश्चिमका पहाडी जिल्लामा पनि सुपथ मुल्य पसल सञ्चालन गर्दै आएकोमा यस वर्ष भने तराईलाई मात्रै केन्द्रित गरेर सुपथ मुल्य पसल सञ्चालन गरेको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको केन्द्रीय नीतिका कारण पहाडी क्षेत्रमा सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिएको जनाइएको छ।

‘केन्द्रबाट हरेक दिन कम्प्यूटर बिलसहित कारोबारको विवरण माग गरिएको छ,’ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय धनगढीका सूचना अधिकारी जोशीले भने, ‘पहाडी क्षेत्रमा कम्प्युटरको समस्याका कारण बिलिङ गर्न नसकिने भएपछि यस पटक धनगढी र गोदावरीबाट मात्रै सुपथ मुल्य पसल सञ्चालन गरिएको हो।’ 

Xtrem

Xtrem

साल्ट ट्रेडिङले गत वर्षसम्म बैतडी, बझाङ र डोटीमा पनि सुपथ मुल्य पसल सञ्चालन गर्दै आएको थियो। तर केन्द्रले सर्भर प्रणाली लागु गरेपछि भने अन्य स्थानमा सुपथ मुल्य पसल सञ्चालन गर्न नसकिएको उनले बताए। केन्द्रसँग धनगढीको सर्भर प्रणाली मात्रै जोडिएको उनले बताए। 

खाद्यको चामलमा ७ रुपैयाँ छुट 
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल प्रतिकिलोमा ७ रुपैयाँ छुट दिएर सुपथ मूल्य पसल सञ्चालन गरेको छ।

धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रदेश कार्यालय र धनगढी–१३ स्थित मोहनपुरको गोदाममा सुपथ मुल्य पसल सञ्चालन गरेर चामल बिक्री गरिरहेको कम्पनीकी प्रदेश कार्यालय प्रमुख इन्जिला बस्नेतले बताइन्। 

उनका अनुसार मोटो चामल सहुलियत सहित ३९ रुपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको छ। त्यसैगरी मसिनो चामल (स्टिम जिरा) ६० रुपैयाँ प्रतिकिलो र बासमती चामल १०३ रुपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको छ। बिहीबारसम्म ३० क्विन्टल चामल बिक्री भइसकेको प्रदेश प्रमुख बस्नेतले बताइन्।

खाद्य व्यवस्था कम्पनीले छठसम्म ५ ०० क्विन्टल चामल बिक्री गर्ने लक्ष्य राखेको छ। कार्यालय प्रमुख बस्नेतका साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालन गरेको सुपथ मुल्य पसलबाट पनि खाद्यको चामल बिक्री हुने व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  ०८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्