काठमाडौं– यूईएफए नेसन्स लिगमा नेदरल्याण्डले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।
गएराति भएको खेलमा पोल्याण्डलाई २–० गोल अन्तरले हराउँदै नेदरल्याण्डले आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो।
नेदरल्याण्डको जितमा कोडे गाक्पो र स्टेभन वर्गवाइनले एक–एक गोल गरे। डेनजृद डमफ्रीले १३औं मिनेटमा डिबक्सभित्र दिएको पासमा गोक्पोले गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाएका थिए।
गोक्पोको गोलमा नेदरल्याण्डले पहिलो हाफमा १–० गोलले अग्रता बनाएको थियो।
दोस्रो हाफको ६०औं मिनेटमा स्टेभन वर्ग वाइनले भिन्सेन्ट जान्सेनको पासमा गोल गर्दै नेदरल्याण्डको अग्रता दोब्बर बनाएका थिए।
नेसन्स लिगमा पाँच खेल खेलेको नेदरल्याण्ड १५ अंकसहित शीर्ष स्थानमा छ। नेदरल्याण्डले चार खेलमा जित र एक खेलमा बराबरी खेलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।