• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बादी समुदायका छात्रछात्रालाई प्रदेश सरकारको छात्रवृत्ति: तर लक्षित परिवार नै वञ्चित हुने चिन्ता

64x64
शेरबहादुर ऐर शुक्रबार, असोज ७, २०७९  ०७:२२
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले ढिला गरि बादी समुदायका छात्र तथा छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।

शैक्षिक सत्र शुरु भएको ६ महिनापछि बादी समुदायका छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरि कार्यक्रम अघि बढाएको हो। आर्थिक वर्ष २०७९/८० को बादी उत्थान कार्यक्रम अनुसार कक्षा १ देखि १२ सम्मका छात्र तथा छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरि सामाजिक विकास मन्त्रालयले कार्यक्रम अघि बढाउन लागेको हो।

नयाँ शैक्षिक सत्र सुरु हुने समयमा छात्रवृत्ति प्रदान गर्नुपर्नेमा मन्त्रालयले भर्ना अभियान सकिएको दुई महिनापछि कार्यक्रम अघि बढाउन जोड दिएको छ।

मन्त्रालयले बादी उत्थान कार्यक्रम अन्तर्गत ‘बादी समुदायका छोरी छात्रवृत्ति ’ र ‘बादी समुदाय उच्च शिक्षा छात्रवृत्ति’ गरि दुई किसिमको छात्रवृत्तिमा जोड दिएको मन्त्रालयका शिक्षा शाखा अधिकृत लोकेन्द्रबहादुर भट्टले जानकारी दिए।

आर्थिक अभावका कारण विद्यालय तथा उच्च शिक्षा छोड्न बाध्य भइरहेका बादी समुदायका छात्रछात्रालाई विद्यालय तथा क्याम्पसमा टिकाउन सो कार्यक्रमले मद्दत पुग्ने उनको भनाइ छ।

मन्त्रालयले बिहीबार सूचना जारी गर्दै विद्यालय तहका कक्षामा अध्ययनरत बादी समुदायका छात्रा तथा उच्च शिक्षामा अध्ययनरत छात्रछात्राहरुलाई आवेदन पेस गर्न आह्वान गरेको छ।

आवेदन पेस गर्न आह्वान
‘छात्रवृत्ति  प्राप्त गर्न योग्यता पुगेका बादी समुदायका इच्छुक छात्रछात्राहरुलाई सूचना प्रकाशन भएको ६० दिन अर्थात् मंसिर ५ गतेभित्र आवश्यक कागजातसहित सम्बन्धित जिल्लाको सामाजिक विकास कार्यालयमा आवेदन पेस गर्न सूचित गरिन्छ,’ मन्त्रालयद्वारा  जारी सूचनामा भनिएको छ।

बादी समुदायको छोरी छात्रवृत्तिमा बादी समुदायको व्यक्ति भएको व्यहोरा खुल्ने कागजपत्र, आमा, बुवाको नेपाली नागरिकता, जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, स्थानीय तहबाट नाता प्रमाणित पत्र, अध्ययनरत विद्यालयको सिफारिस पत्र पेस गर्नुपर्ने छ भने उच्च शिक्षाका लागि कक्षा १२ को ग्रेडसिट वा ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्र पनि पेस गर्नुपर्ने उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

छोरी छात्रवृत्तिका लागि छनौट भएका छात्राहरुलाई प्रतिछात्रा मासिक एक हजारका दरले १२ महिनाको छात्रवृत्ति प्रदान गरिने छ भने उच्च शिक्षा छात्रवृत्ति कार्यक्रममा छनौट भएका विद्यार्थीले प्रतिमहिना आठ हजारका दरले छात्रवृत्ति प्राप्त गर्ने उल्लेख छ।

उच्च शिक्षा छात्रवृत्ति कार्यक्रममा ५० जनालाई समावेश गरिने मन्त्रालयका शिक्षा शाखा अधिकृत लोकेन्द्र प्रसाद भट्टले बताए। उनले भने, ‘५० भन्दा बढी आवेदन परेमा स्नातक तहमा अध्ययनरतको हकमा कक्षा १२ को र स्नातकोत्तर तह अध्ययनरतको हकमा सिजिपिए-प्राप्तांक प्रतिशतको आधारमा बढी जीपीए प्राप्तांक प्रतिशत प्राप्त गर्ने विद्यार्थी छनौट गरिने छ।’

यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बादी उत्थान छात्रवृत्ति कार्यक्रम शीर्षकमा तीन करोड बजेट छुट्याएको छ।  शिक्षा र रोजगारीमा बादी समुदायलाई सहायता दिन ल्याइएको यो कार्यक्रमले उनीहरूको आर्थिक उपार्जनमा मद्दत पुग्ने विश्वास मन्त्रालयको छ।

बादी उत्थान कार्यक्रम
आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रममा पनि बादी उत्थान कार्यक्रम समेटिएपनि प्रदेश सरकारले लागू भने गर्न सकेको थिएन। कतिपय बादी समुदायका नेताले अहिले देहव्यापारको मुद्दा किन उठाइयो भनेर सो बजेट नलिने भने। सो विषयमा पोहोर मुख्यमन्त्री कार्यालय अगाडि बादी समुदायकै मानिसहरूबीच कुटाकुट भयो। बादी समुदायभित्रकै विवादले मुख्यमन्त्री कार्यालयबाट पाइने गरी छुट्याइएको सो बजेट त्यस वर्ष फिर्ता गयो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सुदूरपश्चिममा बादी समुदायको जनसंख्या करिब १२ हजार छ। यीमध्ये घरबास नभएका, सीप भएर पनि काम नपाएका धेरै छन्। केहीले केटाकेटी पढाउन सरकारी वा गैरसरकारी संस्थालाई जिम्मा लगाउने गरेका छन्।

डोटी सायलकी १३ वर्षीया जानकी बादी पैसा अभावकै कारण विद्यालय जानबाट वञ्चित भएकी छन्। पैसा नहुँदा उनी अहिलेसम्म विद्यालय भर्ना भएकी छैनन्।

मन्त्रालयले जारी गरेको सूचनामा अध्ययनरत विद्यालयको सिफारिस अनिवार्य गरिएको छ। यसले गर्दा जानकी जस्तै विद्यालय बाहिर रहेका छात्रछात्राहरु प्रदेश सरकारको यस कार्यक्रमबाट वञ्चित हुने बादी समुदायका अधिकारकर्मीहरु बताउँछन्।

नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य उमाकुमारी बादीले भनिन्, ‘प्रदेश सरकारले छात्रछात्रालाई लक्षित गरेर छात्रवृत्ति कार्यक्रम ल्याउनु बादी समुदायका लागि राम्रो भएपनि समयमै सञ्चालन गर्न नसक्दा लाभान्वित हुनुपर्ने परिवार वञ्चित हुने देखिएको छ।’

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  ०७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
‘सारथी’ को प्रोमो सार्वजनिक अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकार... मंगलबार, असोज २७, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्