काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको लक्ष्य दिएको छ । पोखरा निर्धारित ओभरमा ९ विकेट गुमाएर ९७ रनमा सीमित भएको हो ।
पोखराका लागि चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए । कप्तान कुशल भुर्तेलले १४, महेदी हसनले १३ र करण ठगुन्नाले १२ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
लुम्बिनीका रुबेन ट्रम्पलम्यानले सर्वाधिक ३ विकेट लिए । तिलक भण्डारीले २ विकेट लिँदा शेर मल्ल, अभिषेक गौतम र रोहित पौडेलले समान १ विकेट हात पारे ।
अब लुम्बिनीलाई जितका लागि ९८ रन आवश्यक छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।