काठमाडौं– काठमाडौंको डल्लुस्थित आवास क्षेत्रमा बहुउद्देश्यीय कभर्ड हल निर्माण हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शनिबार कभर्ड हलको शिलान्याश गरेका छन्।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहरेका मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा निर्माण हुने ‘भुकम्प स्मृति बहुउद्देश्यीय कभर्डहल’को शनिबार शिलान्यास गरेका हुन्।
साढे ४ करोड लागतमा बन्ने कभर्ड हलमा राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तथा तालिमहरु संचालन गर्न सकिने मन्त्री श्रेष्ठले बताए। बहुउद्देश्यीय कभर्डहल ६ रोपनी जग्गामा निर्माण हुनेछ।
कभर्ड हलमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस खेलका साथै ध्यान, योग, सेमिनार जस्ता कार्यक्रम संचालन गर्न समेत सकिनेछ। स्थानीय स्तरमा खेलाडी उत्पादनमा पनि कभर्डहल सहयोगी सिद्ध हुने मन्त्री श्रेष्ठले बताए। कभर्ड हल ९ महिनाभित्र सम्पन्न हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।