काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबारको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरालाई ब्याटिङको निम्तो लिएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले टस जित्दै आफूले फिल्डिङ रोजेर पोखरालाई ब्याटिङको निम्तो दिएका हुन् ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले आजको खेल जिते शीर्ष स्थानमा पुग्नेछ । लुम्बिनीको अहिलेसम्म २ खेलमा ३ अंक छ । एक खेलमा जित र एकमा अंक बाँडेको थियो ।
दुई खेल खेलेको पोखरा भने अंकविहीन छ । आज पोखरालाई पहिलो जित निकाल्ने दबाब छ । अंक तालिकामा चार अंकसहित विराटनगर पहिलो र कर्णाली दोस्रो स्थानमा छन् । पोखरा भने अंकविहीन हुँदै अंकतालिकाको पुछारमा छ । दुवै सिजनमा प्ले अफमासमेत पुग्न नसकेको पोखराको तेस्रो सिजनमा पनि सुरुवात राम्रो देखिएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।