काठमाडौँ– केही दिन अघि गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट (टिकाटालो) गरेका थिए। गत आइतबार सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै उनीहरुले आफूहरुबीच इन्गेजमेन्ट भएको जानकारी गराएका थिए। कमल र मेलिना मैनालीको यो नव जोडीलाई सानो ठिमी दिब्यस्वरी प्लानिङ्ग रिभर साइडमा रहेको रेस्टुरेन्ट म्याड्रिक्सले सरप्राइज पार्टी दिएको छ।
बिहीबार साँझ म्याड्रिक्स पुगेको जोडी त्यहाँको माहोल देखेर अचम्मित बने। 'रेस्टुरेन्ट सञ्चालकले सामान्य भेटघाट भनेर बोलाउनु भएको थियो, यहाँ आइपुग्दा यहाँको तयारी देखेर अचम्ममा परेँ।' गायक खत्रीले भने।
म्याड्रिक्समा हुने विभिन्न सांगीतिक गतिविधिमा सहभागी भइरहने यो जोडीलाई यसरी स्वागत गर्न पाउँदा आफूलाई खुशी लागेको सञ्चालक प्रतीत खड्काले बताए। सेलिब्रेटीहरुको विभिन्न उत्सवहरुलाई झन् महाउत्सवको रुपमा मनाउनु पर्छ भन्ने सोचका साथ यो कार्यक्रम राखिएको खड्काले बताए। पारिवारिक वातावरणमा स्वच्छ खानाको परिकारसंगै सांगीतिक प्रस्तुतीको मज्जा लिन पाइने म्याड्रिक्सले विभिन्न सांगीतिक कार्यक्रमहरु पनि गर्दै आइरहेको छ।
थुप्रै सञ्चारकर्मीहरु बीच केक काट्दै यो जोडीले खुशी साटासाट गर्यो। कमल र मेलिना केही समयदेखि प्रेम सम्बन्धमा छन्। उदयीमान गायिका मेलिना मैनाली रियालिटी शो भ्वाइस अफ नेपालबाट चर्चामा आएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।