काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने मुद्राको अन्तर) २२ अर्ब ६३ करोडले घाटामा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा रहेको थियो । नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १७ करोड ७७ लाखले घाटामा रहेको छ ।
यस्तै, चालु खाता १६ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४७ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३९ करोड ७४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १२ करोड ७७ लाखले घाटामा रहेको छ । यो अवधिमा पुँजीगत ट्रान्सफर १७.७ प्रतिशतले बढेर ८० करोड ३ लाख कायम भएको राष्ट्र बैंकले जनाएकाे छ ।
यस्तै, खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोडले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६७ करोड ९७ लाख र खुद प्रत्यक्ष वैदेशिक लगानी ४८ करोड ६ लाख रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।