काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशी मुद्राको सञ्चिति १२ अर्ब डलरले घटेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामै रेमिट्यान्समा दोहोरो अंकको वृद्धि हुँदा समेत विदेशी मुद्राको सञ्चिति घटेको हो।
गत आर्थिक वर्षको असार मसान्तमा ९ अर्ब ५४ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति चालु आर्थिक वर्षको साउन मसान्तमा ९ अर्ब ४२ करोड पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।