काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) गत आर्थिक वर्षको यसै अवधिको भन्दा बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक चालु आर्थिक वर्षको एक महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार विप्रेषण आप्रवाह २०.३ प्रतिशतले वृद्धि भई रु.९२ अर्ब २१ करोड पुगेको छ ।
अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४,५४० पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २०,३९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर १८.४ प्रतिशतलेवृद्धि भई रु.१०१ अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १५.७ प्रतिशतले घटेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।