मुम्बइ– रणबीर कपुर र आलिया भट्टले खेलेकाे ‘बह्मास्त्र’ ले बक्स अफिसमा पहिलो दिनकै कमाइबाट रेकर्ड बनाएको थियो। अहिले सप्ताहान्तमा सबैभन्दा धेरै कमाउने बलिउड फिल्मको रेकर्ड बनाएको छ।
पहिलो सप्ताहान्तमा १२५ करोड भारू कमाएको समाचारहरूमा जनाइएकाे छ। पछिल्लो ६ वर्षमै सप्ताहान्तमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। यससँगै ग्लोबल बक्स अफिसमा फिल्मले २२५ करोड कमाइ सकेको छ।
यसअघि सञ्जय दत्तको जीवनीमा आधारित रणवीरकै फिल्म ‘सञ्जु’ ले १२० करोड कमाएको थियो। ‘टाइगर जिन्दा है’ ले ११४ करोड कमाएको थियो भने सुल्तानले १०५ र दंगलले १०४ करोड कमाएको थियो।
अयान मुखर्जीले बनाएको बह्मास्त्र ४१० करोडमा बनेको हो। भारतमा यसको पहिलो दिनको कमाइ ३६ करोड थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।