• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बलात्कार आरोपपछि गुमनाम भीआईपीहरू : फरारदेखि जेलसम्म, सफाइदेखि चलखेलसम्म 

64x64
नारायण अधिकारी आइतबार, भदौ २६, २०७९  १३:५१
1140x725

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीले बलात्कार आरोप लगाइन्। १७ वर्षीया किशोरीले लामिछानेबाट आफू बलात्कृत भएको दाबी गर्दै प्रहरी वृत्त गौशालामा गत मंगलबार किटानी जाहेरी दिइन्।

कफी पिउन भनेर नगरकोटसम्म पुर्‍याएको, उतै बस्न गरेको प्रस्ताव अस्वीकार गरेपछि काठमाडौंको एक होटलमा ल्याएर भदौ ५ गते राति आफूमाथि बलात्कार भएको ती किशोरीको दाबी छ। 

किशोरीले लामिछानेबाट आफू पीडित भएको दाबीसहित दिएको किटानी जाहेरी दर्ता गर्दै प्रहरीले उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको छ। होटलको सीसीटीभी फुटेज संकलन गर्नेक्रममा लामिछाने र पीडित भनिएकी किशोरी होटलमा प्रवेश गरेको र भोलिपल्ट बाहिरिएकोसम्म फुटेज देखिएको प्रहरी दाबी छ।

त्यसैलाई आधार मान्दै प्रहरीले काठमाौं जिल्ला अदालतबाट लामछिानेविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरिसकेको छ। पक्राउ पूर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई निलम्बन गरिसकेको छ। हाल क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सेन्ट लुसियामा रहेका लामिछानेले सामाजिक सञ्जालमार्फत् आफू निर्दोष रहेको दाबी गर्दै चाँडै नेपाल फर्कने बताएका छन्।

बलात्कार आरोप लागेसँगै उनलाई अनुबन्ध गरेको जमैका तलवाजले हटाएको छ। क्यानले निलम्बन नै गर्‍यो। चर्चाको शिखरमा रहेका लामिछाने बलात्कार आरोप लागेसँगै उनको भविष्य के हुने अनिश्चित छ। लगभग अन्तर्राष्ट्रिय सबै लिग खेलिसकेका र चर्चाको चुचुरोमा रहेका लामिछाने बलात्कार आरोप लागेसँगै विवादित भने। उनको पहिलाको छबिमा दाग लागेको छ। ती दाग मेटाउन एकएक दलिल लामिछानेले पेस गर्नुपर्ने चुनौती उनैसामू छ।

चर्चाको शिखरमा रहेका बेला बलात्कार आरोप लागेपछि ‘गुमनाम’ जस्तै बन्न पुगेमा लामिछाने, त्यस्ता एकल पात्र हुने छैनन्। कलाकारदेखि धर्मगुरुसम्म बलात्कार आरोपपछि गुमनाम छन्।

स्टारडमबाट बाल यौन दुराचारीसम्म
आफ्नो पुस्ताका निकै सुपरस्टार नायकको रुपमा परिचित थिए पूर्णविक्रम शाह (पल शाह)। बलात्कार आरोप लाग्नुअघिसम्म शाह म्युजिक भिडिओदेखि फिल्मसम्ममा एकदमै व्यवस्थ थिए। लकडाउनका समयमा अरु कलाकार बेरोजगार बन्दा शाहलाई भने भ्याइनभ्याइ थियो।

उनको त्यो ‘स्टारडम’ निकै लोभलाग्दो रहेको उनकै सहकर्मीहरु बताउँथे। अझ कोरोना महामारीको बेला नायक शाहले गरेको सामाजिक कामले उनको उचाइ थप बढाएकै थियो। तर, जब नायक शाहविरुद्ध एक नाबालिग गायिकाले बलात्कार आरोप लगाइन् त्यसपछि उनको स्टारडमको यात्रा पनि ओरालो लाग्यो। बलात्कारको आरोप लागेपछि प्रहरीसमक्ष गत फागुन १५ गते आत्मसर्मण गरेका शाह अहिले पनि जेलमै छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

बलात्कार आरोपमा नवलपुर जिल्ला अदालतले शाहलाई सफाइ दिएपनि बाल यौन दुराचारको मुद्दामा भने उनलाई दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय सुनाएको छ। यता उनीविरुद्धको बलात्कारकै मुद्दा तनहुँ जिल्ला अदालतमा अझै बिचाराधीन अवस्थामै छ। बलात्कार आरोपसँगै उनको स्टारडममा पनि नराम्रो धब्बा लागेको छ। अझै बाल यौन दुव्यर्वहारमा त झन् दोषी नै ठहर भएपछि  शाहको सामाजिक प्रतिष्ठा धुमिल हुनेनै भयो। खैर, यसविरुद्ध पनि नायक शाह पुनरावेदन माग गर्दै उच्च अदालत जाने तयारीमा छन्।

मेसिन लगाएर खोज्दासमेत नभेटिएका गुमनाम ‘लिटिल बुद्ध’
चुचुरोमा पुग्नुमात्रै सफलता होइन, त्यहाँ कति टिक्न सकिन्छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ भन्ने भनाइ ‘लिटिल बुद्ध’को उपमा पाएका रामबहादुर बम्जनलाई हेरे पुग्छ। आफूलाई तपस्वीको रुपमा चिनाउँदै आएका रामबहादुर बम्जनविरुद्ध २०७७ असार १९ गते बाल यौन शोषणको अभियोगमा सर्लाही जिल्ला अदालतमा मुद्दा दायर भयो। उक्त मुद्दा दायर हुनुभन्दा अघिसम्म बम्जन यति चर्चित थिए कि उनलाई भेट्न महिनौँ पहिले नै समय लिनुपर्ने अवस्था थियो।

बोधीमार्ग धर्मका अनुयायीहरुलाई प्रशिक्षण दिने बम्जन आलिसान महलमा बस्ने गर्थे। उनका अनुयायी मात्रै होइन अन्य व्यक्तिलेसमेत उनलाई लिटिल बुद्ध भनेर चिन्थे। जसबाट पनि उनको ख्याति कतिसम्म थियो भन्ने प्रष्ट हुन्छ। तर, तीनै बम्जनविरुद्ध मुद्दा दर्ता भएपछि भने उनी गुमनाम छन्। यतिसम्म कि उनको खोजीका लागि प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्र काटेरै पक्राउ गर्न निर्देशन दिएको थियो । तर, पनि उनी पक्राउ परेनन्, उनी गुमनाम बने, बेपत्ता भए।

सिन्धुलीको आश्रममा बम्जन रहेको भन्ने सूचना पाएपछि तालिम प्राप्त कुकुरदेखि डिटेक्टर मेसिनसम्म लगेर प्रहरीले रातभर सर्च अपरेसन चलायो । तर, उनी फेला पर्न सकेनन्। चर्चा परिचर्चा र ख्याति कमाएका उनै बम्जन मान्छे बेपत्ता र यौन दुर्व्यवहारको आरोप लागेसँगै अहिले लुक्दै हिँड्नु परेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सभामुखबाट आरोला यात्रा
बलात्कार आरोप लागेर सफाइसमेत पाए पनि ‘गुमनाम’जस्तै बनेका अर्का पात्र हुन् कृष्णबहादुर महरा। सभामुख रहुञ्जेलसम्म महरालाई उनकै प्रतिस्पर्धी तथा माओवादी केन्द्रकै नेताहरुले पुष्पकमल दाहाल (प्रचण्ड) को उत्तराधिकारीको रुपमा लिन्थे। पार्टीमा प्रभावशाली उपस्थित र आफ्नो अडानबाट महराले त्यो छनक पनि दिइसकेका थिए।

यही सफलताको शिखरमै रहँदा सभामुख भएको बेला महरालाई बलात्कार जस्तो गम्भीर आरोप लाग्यो। एक महिलाले महाराले आफूमाथि पटकपटक बलात्कार गरेको भन्दै आरोप मात्रै लगाइनन् प्रहरीमा जाहेरी नै दिइन्। त्यसपछि प्रहरीले महरालाई पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरेको थियो। सो क्रममा काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठायो। उक्त आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका महरालाई उच्चले पनि जिल्लाकै फैसला गर्दै थुनामै राखेको थियो। पछि फैसला हुँदा महराले भने बलात्कार आरोपबाट सफाइ पाए। 

बलात्कार आरोपबाट सफाइ नै पाए पनि महराको उचाइ भने सभामुख भएको बेलाको जस्तो छैन। अध्यक्षपछि शक्तिशाली र महत्त्वपूर्ण ठानिएको पार्टी महासचिव पदमा महराकै विद्यार्थीहरुले दाबी गर्दा उनी भने गुमनाम थिए। बलात्कार आरोप नलागेको भए प्रचण्डको उत्तराधिकारी बन्नसक्ने आकलन गरिएका महराले आरोपबाट सफाइ त पाए तर, उनले आफ्नो पहिलेको प्रतिष्ठा र नाम पाउन सकेनन् । त्यसैले अहिले उनी पहिलेको तुलनामा गुमनाम नै देखिन्छन्।

साख गिरेका सिद्धबाबा
प्रसिद्धीको शिखरबाट बेस क्याम्पमा झरेका अर्का व्यक्ति हुन् सिद्धबाबा भनिने कृष्णबहादुर गिरी। उनका प्रवचन सुन्न मान्छे निकै लालयित हुन्थे। ख्याति चुलिँदो थियो। तर, २०७६ पुस १० गते आफ्नै एक अनुयायीलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध उजुरी परेपछि सिद्धिबाबाले आफ्नो साख पहिलाको जस्तो जोगाउन सकेनन्। जिल्ला अदालतदेखि उच्च हुँदै सर्वोच्चसम्म पुगेर पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको थियो। 

महिलाले नै शरीर समर्पण गरेको भन्दै उक्त मुद्दामा सुनसरी जिल्ला अदालतले सिद्धबाबालाई सफाइ दिएपछि यो विषय झनै विवादित भएको थियो। ठूलो आश्रम नै चलाएर हजारौँ अनुयायीलाई प्रशिक्षण दिँदै आएका सिद्धबाबा उक्त आरोपबाट सफाइ पाएपछि भने पहिलाको जस्तो चर्चाको शिखरमा छैनन्।

सिद्धबाबाको मुद्दामा चलखेल गरेर सफाइ दिएको भन्दै न्यायाधीश नै विवादमा तानिएका थिए। सफाइ नै नपाउने मुद्दामा सिद्धबाबाले चलखेल गरेर सफाइ पाएको भन्दै विरोधसमेत भएको थियो।

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १३:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्