• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बलात्कार आरोपपछि गुमनाम भीआईपीहरू : फरारदेखि जेलसम्म, सफाइदेखि चलखेलसम्म 

64x64
नारायण अधिकारी आइतबार, भदौ २६, २०७९  १३:५१
1140x725

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीले बलात्कार आरोप लगाइन्। १७ वर्षीया किशोरीले लामिछानेबाट आफू बलात्कृत भएको दाबी गर्दै प्रहरी वृत्त गौशालामा गत मंगलबार किटानी जाहेरी दिइन्।

कफी पिउन भनेर नगरकोटसम्म पुर्‍याएको, उतै बस्न गरेको प्रस्ताव अस्वीकार गरेपछि काठमाडौंको एक होटलमा ल्याएर भदौ ५ गते राति आफूमाथि बलात्कार भएको ती किशोरीको दाबी छ। 

किशोरीले लामिछानेबाट आफू पीडित भएको दाबीसहित दिएको किटानी जाहेरी दर्ता गर्दै प्रहरीले उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको छ। होटलको सीसीटीभी फुटेज संकलन गर्नेक्रममा लामिछाने र पीडित भनिएकी किशोरी होटलमा प्रवेश गरेको र भोलिपल्ट बाहिरिएकोसम्म फुटेज देखिएको प्रहरी दाबी छ।

त्यसैलाई आधार मान्दै प्रहरीले काठमाौं जिल्ला अदालतबाट लामछिानेविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरिसकेको छ। पक्राउ पूर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई निलम्बन गरिसकेको छ। हाल क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सेन्ट लुसियामा रहेका लामिछानेले सामाजिक सञ्जालमार्फत् आफू निर्दोष रहेको दाबी गर्दै चाँडै नेपाल फर्कने बताएका छन्।

बलात्कार आरोप लागेसँगै उनलाई अनुबन्ध गरेको जमैका तलवाजले हटाएको छ। क्यानले निलम्बन नै गर्‍यो। चर्चाको शिखरमा रहेका लामिछाने बलात्कार आरोप लागेसँगै उनको भविष्य के हुने अनिश्चित छ। लगभग अन्तर्राष्ट्रिय सबै लिग खेलिसकेका र चर्चाको चुचुरोमा रहेका लामिछाने बलात्कार आरोप लागेसँगै विवादित भने। उनको पहिलाको छबिमा दाग लागेको छ। ती दाग मेटाउन एकएक दलिल लामिछानेले पेस गर्नुपर्ने चुनौती उनैसामू छ।

चर्चाको शिखरमा रहेका बेला बलात्कार आरोप लागेपछि ‘गुमनाम’ जस्तै बन्न पुगेमा लामिछाने, त्यस्ता एकल पात्र हुने छैनन्। कलाकारदेखि धर्मगुरुसम्म बलात्कार आरोपपछि गुमनाम छन्।

स्टारडमबाट बाल यौन दुराचारीसम्म
आफ्नो पुस्ताका निकै सुपरस्टार नायकको रुपमा परिचित थिए पूर्णविक्रम शाह (पल शाह)। बलात्कार आरोप लाग्नुअघिसम्म शाह म्युजिक भिडिओदेखि फिल्मसम्ममा एकदमै व्यवस्थ थिए। लकडाउनका समयमा अरु कलाकार बेरोजगार बन्दा शाहलाई भने भ्याइनभ्याइ थियो।

उनको त्यो ‘स्टारडम’ निकै लोभलाग्दो रहेको उनकै सहकर्मीहरु बताउँथे। अझ कोरोना महामारीको बेला नायक शाहले गरेको सामाजिक कामले उनको उचाइ थप बढाएकै थियो। तर, जब नायक शाहविरुद्ध एक नाबालिग गायिकाले बलात्कार आरोप लगाइन् त्यसपछि उनको स्टारडमको यात्रा पनि ओरालो लाग्यो। बलात्कारको आरोप लागेपछि प्रहरीसमक्ष गत फागुन १५ गते आत्मसर्मण गरेका शाह अहिले पनि जेलमै छन्। 

Ncell 2
Ncell 2

बलात्कार आरोपमा नवलपुर जिल्ला अदालतले शाहलाई सफाइ दिएपनि बाल यौन दुराचारको मुद्दामा भने उनलाई दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय सुनाएको छ। यता उनीविरुद्धको बलात्कारकै मुद्दा तनहुँ जिल्ला अदालतमा अझै बिचाराधीन अवस्थामै छ। बलात्कार आरोपसँगै उनको स्टारडममा पनि नराम्रो धब्बा लागेको छ। अझै बाल यौन दुव्यर्वहारमा त झन् दोषी नै ठहर भएपछि  शाहको सामाजिक प्रतिष्ठा धुमिल हुनेनै भयो। खैर, यसविरुद्ध पनि नायक शाह पुनरावेदन माग गर्दै उच्च अदालत जाने तयारीमा छन्।

मेसिन लगाएर खोज्दासमेत नभेटिएका गुमनाम ‘लिटिल बुद्ध’
चुचुरोमा पुग्नुमात्रै सफलता होइन, त्यहाँ कति टिक्न सकिन्छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ भन्ने भनाइ ‘लिटिल बुद्ध’को उपमा पाएका रामबहादुर बम्जनलाई हेरे पुग्छ। आफूलाई तपस्वीको रुपमा चिनाउँदै आएका रामबहादुर बम्जनविरुद्ध २०७७ असार १९ गते बाल यौन शोषणको अभियोगमा सर्लाही जिल्ला अदालतमा मुद्दा दायर भयो। उक्त मुद्दा दायर हुनुभन्दा अघिसम्म बम्जन यति चर्चित थिए कि उनलाई भेट्न महिनौँ पहिले नै समय लिनुपर्ने अवस्था थियो।

बोधीमार्ग धर्मका अनुयायीहरुलाई प्रशिक्षण दिने बम्जन आलिसान महलमा बस्ने गर्थे। उनका अनुयायी मात्रै होइन अन्य व्यक्तिलेसमेत उनलाई लिटिल बुद्ध भनेर चिन्थे। जसबाट पनि उनको ख्याति कतिसम्म थियो भन्ने प्रष्ट हुन्छ। तर, तीनै बम्जनविरुद्ध मुद्दा दर्ता भएपछि भने उनी गुमनाम छन्। यतिसम्म कि उनको खोजीका लागि प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्र काटेरै पक्राउ गर्न निर्देशन दिएको थियो । तर, पनि उनी पक्राउ परेनन्, उनी गुमनाम बने, बेपत्ता भए।

सिन्धुलीको आश्रममा बम्जन रहेको भन्ने सूचना पाएपछि तालिम प्राप्त कुकुरदेखि डिटेक्टर मेसिनसम्म लगेर प्रहरीले रातभर सर्च अपरेसन चलायो । तर, उनी फेला पर्न सकेनन्। चर्चा परिचर्चा र ख्याति कमाएका उनै बम्जन मान्छे बेपत्ता र यौन दुर्व्यवहारको आरोप लागेसँगै अहिले लुक्दै हिँड्नु परेको छ।

सभामुखबाट आरोला यात्रा
बलात्कार आरोप लागेर सफाइसमेत पाए पनि ‘गुमनाम’जस्तै बनेका अर्का पात्र हुन् कृष्णबहादुर महरा। सभामुख रहुञ्जेलसम्म महरालाई उनकै प्रतिस्पर्धी तथा माओवादी केन्द्रकै नेताहरुले पुष्पकमल दाहाल (प्रचण्ड) को उत्तराधिकारीको रुपमा लिन्थे। पार्टीमा प्रभावशाली उपस्थित र आफ्नो अडानबाट महराले त्यो छनक पनि दिइसकेका थिए।

यही सफलताको शिखरमै रहँदा सभामुख भएको बेला महरालाई बलात्कार जस्तो गम्भीर आरोप लाग्यो। एक महिलाले महाराले आफूमाथि पटकपटक बलात्कार गरेको भन्दै आरोप मात्रै लगाइनन् प्रहरीमा जाहेरी नै दिइन्। त्यसपछि प्रहरीले महरालाई पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरेको थियो। सो क्रममा काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठायो। उक्त आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका महरालाई उच्चले पनि जिल्लाकै फैसला गर्दै थुनामै राखेको थियो। पछि फैसला हुँदा महराले भने बलात्कार आरोपबाट सफाइ पाए। 

बलात्कार आरोपबाट सफाइ नै पाए पनि महराको उचाइ भने सभामुख भएको बेलाको जस्तो छैन। अध्यक्षपछि शक्तिशाली र महत्त्वपूर्ण ठानिएको पार्टी महासचिव पदमा महराकै विद्यार्थीहरुले दाबी गर्दा उनी भने गुमनाम थिए। बलात्कार आरोप नलागेको भए प्रचण्डको उत्तराधिकारी बन्नसक्ने आकलन गरिएका महराले आरोपबाट सफाइ त पाए तर, उनले आफ्नो पहिलेको प्रतिष्ठा र नाम पाउन सकेनन् । त्यसैले अहिले उनी पहिलेको तुलनामा गुमनाम नै देखिन्छन्।

साख गिरेका सिद्धबाबा
प्रसिद्धीको शिखरबाट बेस क्याम्पमा झरेका अर्का व्यक्ति हुन् सिद्धबाबा भनिने कृष्णबहादुर गिरी। उनका प्रवचन सुन्न मान्छे निकै लालयित हुन्थे। ख्याति चुलिँदो थियो। तर, २०७६ पुस १० गते आफ्नै एक अनुयायीलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध उजुरी परेपछि सिद्धिबाबाले आफ्नो साख पहिलाको जस्तो जोगाउन सकेनन्। जिल्ला अदालतदेखि उच्च हुँदै सर्वोच्चसम्म पुगेर पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको थियो। 

महिलाले नै शरीर समर्पण गरेको भन्दै उक्त मुद्दामा सुनसरी जिल्ला अदालतले सिद्धबाबालाई सफाइ दिएपछि यो विषय झनै विवादित भएको थियो। ठूलो आश्रम नै चलाएर हजारौँ अनुयायीलाई प्रशिक्षण दिँदै आएका सिद्धबाबा उक्त आरोपबाट सफाइ पाएपछि भने पहिलाको जस्तो चर्चाको शिखरमा छैनन्।

सिद्धबाबाको मुद्दामा चलखेल गरेर सफाइ दिएको भन्दै न्यायाधीश नै विवादमा तानिएका थिए। सफाइ नै नपाउने मुद्दामा सिद्धबाबाले चलखेल गरेर सफाइ पाएको भन्दै विरोधसमेत भएको थियो।

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १३:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्