काठमाडौं– वीर अस्पताल, नेपाल ल क्याम्पससहित ७ का कार्यालयले महानगरलाई तिर्नुपर्ने कर नतिरेको पाइएको छ।
महानगरलाई कर नतिर्नेमा शंकरदेव क्याम्पस, आर.आर. क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, महाबौध, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस, नेपाल कमर्श क्याम्पस छन्। महानगरले ति कार्यालयलाई बिहीबार पत्र पठाउँदै १० दिनभित्र कर जरिवाना तिर्न अनुरोध गरेको छ।
आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकोले काठमाडौं महानगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट बहाल कर बुझाउन पटकपटक ताकेता हुँदै आएको छ। तर हालसम्म पनि नबुझएको हुँदा बहाल आम्दानीको विवरणसहित यस पत्र प्राप्त भएको मितिले १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसारको बहाल कर र सोको जरिवानासहित बुझाउन महानगरले पत्र काटेको हो।
अन्यथा, महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गर्न आवाश्यक प्रकृया अगाडी बढाइने समेत उक्त पत्रमा जनाएको छ।
यस्तै, महानगरले आजै नेपाल आर्मी केन्द्रीय कार्यालय, समाज कल्याण परिषद, नेपाल प्रहरीको केन्द्रीय कार्यालयलाई बहाल कर बझाउ पत्र काटेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।