काठमाडौं– युगान्डाको पश्चिमी जिल्ला कासेसेमा पहिरोमा पुरिएर १५ जनाको मृत्यु भएको छ। पहिरोले पुरेका कासिका गाउँका १५ जनाको शव निकालिएको युगान्डा रेडक्रस सोसाइटी (यूआरसीएस)ले जनाएको छ।
यूआरसीएसका अनुसार ६ जना घाइतेको जीवितै उद्धार गरिएको छ। उनीहरूलाई कासेसे नगरपालिकास्थित सेन्ट पल अस्पतालमा ‘रिफर’ गरिएको छ। मंगलबार राति परेको मुसलधारे वर्षाका कारण पहिरो खस्दा केही घर पुरिएको आशंका गरिएको छ। उक्त स्थानमा उद्धार तथा खोजी जारी छ।
विगत केही दिनयता युगान्डाको पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको छ जसले बाढीपहिरोका घटना बढाउनुका साथै मानवीय एवम् बालीनालीसहित भौतिक क्षति निम्त्याएको छ। शनिबार छिमेकी बुन्डिबुग्यो जिल्लामा भीषण वर्षापछि आएको पहिरोमा परी चार जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।