काठमाडौं– पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रुपमा गिरावट आएको छ। सोमबार भएको कारोबारमा ४.२९ अंक घटेर बन्द भएको नेप्से मंगलबार २१.१६ अंक घटेर १९५१.८४ बिन्दुमा झरेको छ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक घटेको छ।
मंगलबार कारोबारमा आएका २२७ कम्पनीको ३२ लाख ९ हजार कित्ता सेयर १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
नेप्से परिसूचक घटे पनि कारोबारमा भने सामान्य सुधार भएको छ। सोमबार ९० करोड ९९ लाखको मात्रै कारोबार भएको थियो।
नेप्सेका १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढ्दा बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४० प्रतिशत बढेको छ।
बाँकी वित्त उपसमूहको परिसूचक २.१२ प्रतिशत र जलविद्युत उपसमूहको परिसूचक २.०५ प्रतिशतले घटेको छ।
मंगलबार उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ। सानिमा माई हाइड्रोपावरको सेयरमूल्य ७.३२ प्रतिशत घटेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ६ प्रतिशत घटेको छ।
मंगलबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको ९ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।