बेलायत- बेलायतको कन्जरभेटिभ पार्टीको नेता चुन्ने प्रक्रिया सोमबार पूरा हुँदैछ। नेताको चयनसँगै आगामी प्रधानमन्त्रीको दौड कसले जित्यो भन्ने समेत तय हुनेछ।
अहिले पार्टीका नेताका साथै भावी प्रधानमन्त्रीको दौडमा लिज ट्रस र ऋषि सुनक छन्। सर्वेक्षणले लिज ट्रसले जित्ने देखाइरहेका छन्। गत जुलाइमा प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएपछि पार्टी नयाँ नेताका साथै प्रधानमन्त्रीको खोजी सुरु भएको हो।
कन्जरभेटिभ संसद्मा ठूलो दल भएकाले पार्टी नेता चुनिएको व्यक्ति नै आगामी प्रधानमन्त्री बन्ने तय छ।
पार्टीको नयाँ नेताको घोषणा ब्याकबेञ्च सांसदको समतिका अध्यक्ष सर ग्राहम ब्रेडीले गर्नेछन्। बेलायती समय दिउँसो १२ : ३० बजे नयाँ नेता घोषणा हुनेछन्। नेपाली समय भने बेलुकीको ५:१५ बजेको हुनेछ।
पूर्वघोषणाअनुरुप प्रधानमन्त्री जोन्सनले मंगलबार महारानीसमक्ष राजीनामा पत्र पेस गर्नेछन्। त्यसपछि नयाँ नेता प्रधानमन्त्रीका रुपमा चयन हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।