काठमाडौं– रुसबाट एसयु-३५ लडाकू विमान खरिद गर्ने कार्य इरानी वायुसेनाको एजेन्डामा रहेको इरानी वायुसेनाका कमाण्डर हमिद वाहेदीले बताएका छन्।
एसयू–३५ लडाकु विमान खरिद गर्ने अन्तिम निर्णय इरानी सेनाको कमाण्ड र सशस्त्र बलका जनरल स्टाफ कमाण्डले गर्ने वाहेदीले इरानको बोर्ना समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा बताएका छन्।
गत महिना पश्चिमी सञ्चार माद्यमले इरानले आफ्नो मानवरहित हवाई वाहनहरू रूसी एसयु-३५ बहुउद्देश्यीय लडाकु विमानहरूसँग साटासाट गर्न खोजिरहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।