काठमाडौं– श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आज बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला भएको छ। कम्पनीले तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो।
यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो। यो मध्ये ५ प्रतिशत (१९ हजार ६९० कित्ता) सामूहिक लगानी कोषको लागि र ०.५ (५ हजार ४७० कित्ता) सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।
बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।