• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जब एक ग्राहकको जिब्रोले ब्ल्याक लेवलको स्वाद नक्कली भएको ठहर गर्‍यो!

नक्कली मदिरामा राजश्वको सक्कली स्टिकर, शकांको घेरामा विभाग
64x64
नारायण अधिकारी शुक्रबार, भदौ १०, २०७९  २०:५२
1140x725

काठमाडौं– ‘ब्ल्याक लेवलको टेस्ट नै फरक छ। नक्कली ल्याएर बेच्नुहुन्छ कि क्या हो’ काठमाडौंको एक नाइट क्लबमा गएका ग्राहकले प्रश्नसहित गुनासो गरे। 

गुनासाे आएपछि व्यवसायीले आफ्नै स्टाफबाट बद्मासी भएको हुनसक्ने सुरुवाती आशंका गरे। त्यसपछि उनले स्टाफसँग सोधपुछ गरे तर कुनै गल्ती भएको देखेनन्। अन्य व्यक्तिले टेस्ट गर्दा पनि ब्ल्याक लेवलको स्वाद फरक परेपछि ती व्यवसायीले भदौ ४ गते जिल्ला प्रहरी परिसर काठमाडौंलाई उक्त सूचना दिए।

मदिरा कोमार्फत् खरिद गरेकाे हाे भन्ने सूचना ती व्यवसायीले प्रहरीलाई दिइसकेका थिए। काठमाडौं परिसरको टोलीले व्यवसायीले दिएको सूचनालाई भेरिफाई गर्दै अनुसन्धान अघि बढायो। व्यवसायीबाट सूचना आएको तेस्रो दिन भदौ ७ गते नै नक्कली मदिरा बिक्री वितरण गर्नेमध्ये एक हरि वली प्रहरी नियन्त्रणमा परे। दोलखाको कालिन्चोक गाउँपालिका–९ घर भएका २४ वर्षीय वलीलाई कोटेश्वरबाट प्रहरीले पक्राउ गर्‍यो।

वलीको डेराबाट परिसरको टोलीले डबल ब्ल्याक लेवल, ब्ल्याक लेवल र ज्याक डेनियल्स  लेखिएका ४ कार्टुन सिल प्याक मदिरासमेत बरामद गरेको थियो।

वलीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरेको परिसर काठमाडौंको टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–२ मा नक्कली मदिरा उत्पादन गर्ने फ्याक्ट्री नै सञ्चालन गरेर बिक्री वितरण गर्ने गरेको पाएपछि जिल्ला प्रहरी परिसर भक्तपुरसँगको समन्वयमा छापा हानेर ठूलो मात्रामा मदिरा बरामद गरेको छ। 

पाँच पक्राउ, एक सञ्चालक फरार
नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा वलीसँगै पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा वलीसँगै दोलखाको भिमेश्वर नगरपालिका–८ घर भइ भक्तपुर चाँगुनारायण बस्ने ३९ वर्षीय भगवान बस्नेत, दोलखाको कालिन्चोक गाउँपालिका–४ घर भइ काठमाडौं महाबौद्ध बस्ने २० वर्षीय विशाल वली, रामेछापको खाँडदेवी गाउँपालिका–२ घर भइ काठमाडौं मुलपानी बस्ने २७ वर्षीय मनोज खत्री र खाँडदेवी–९ घर भइ काठमाडौं ठमेल बस्ने २७ वर्षीय गोपी श्रेष्ठ छन्। 

madira 21661519221.jpg

नक्कली मदिरा उत्पादन तथा बिक्री वितरण गर्नेमध्येका एक सञ्चालक भने फरार भएका छन्। प्रहरीले फरार भएकाको विवरण भने गोप्य राखेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पक्राउ परेकाहरुविरुद्ध कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गतको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ। 

यसरी बनाइन्थ्यो नक्कली मदिरा
सक्कली एकवटा ब्ल्याक लेवलबाट चारवटा ब्ल्याक लेव बनाएर बेच्ने गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरतबहादुर बोहराले बताए। विभिन्न प्रविधि प्रयोग गरेर ब्ल्याक लेवलको बिर्को खोल्ने र त्यसमा सस्तो दरका मदिरा मिसाएर नक्कली ब्ल्याक लेवल बनाउने गरेको खुलेको छ। 

एक बोतल ब्ल्याक लेवल र तीन बोतल अन्य मदिरा मिसाएर चार बोतल ब्ल्याक लेवल बनाउँदै उनीहरुले बेच्ने गरेको एसएसपी बोहराले बताए। 

रुद्र, वर्ल्ड दरबारसँगै अन्य सस्तो किसिमका मदिराबाट ब्ल्याक लेवल बनाउने गरेको पाइएको छ। यसरी नक्कली ब्ल्याक लेवल तयार गरेपछि कवाडीबाट खरिद गरेर ल्याएका ब्ल्याक लेवलको बोतलमा मदिरा सिल प्याक गर्ने गरेको पाइएको प्रहरीले बताएको छ। मेसिन नै राखेर उनीहरुले मदिराको सिल प्याक गर्ने गरेको खुलेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै गरेर विभिन्न मदिरा मिसाएर उनीहरुले ८८४८, जेडी, डबल ब्ल्याक लेवल, गोल्डेन वकलगायतका मदिरा पनि उत्पादन गर्ने गरेको पाइएको छ।

भारतमा सिकेर नेपालमा नक्कली मदिराको धन्दा
प्रहरी स्रोतका अनुसार पक्राउ परेकामध्ये मनोज खत्री केही समयअघि मात्रै भारतबाट नेपालमा आएका थिए। उनै खत्रीको कोटेश्वरमा मदिरा पसल सञ्चालन गरेर बसेका भगवानसँग भेट भएको थियो। 

खत्रीले नक्कली मदिरा उत्पादन गर्नसक्ने तरिकाले बताउँदै कसैले थाहा पनि नपाउनेले राम्रो आम्दानीसमेत गर्न सकिने कुरा भगवानलाई बताएका थिए। आफूसँग रकम नभएकोले लगानी गर्न खत्रीले भगवानलाई भनेपछि उनी राजी भएको एक अनुसन्धान अधिकृतले नेपाल लाइभलाई बताए। भगवानसँगै हाल फरार भएका अर्का एक जना लगानीकर्ता पनि मिसिए।

त्यसपछि भक्तपुरको दुवाकोटमा फ्याक्ट्री नै खोलेर उनीहरुले विगत ५ महिनादेखि नक्कली मदिरा उत्पादन गर्दै बेच्न थालेको पाइएको छ। भारतमासमेत यही शैली प्रयोग गरेर नक्कली मदिरा उत्पादन गरेरे बेच्दा साहु मात्रै धनी भएकाले आफूले त्यही सिपलाई काठमाडौं प्रयोग गरेको पक्राउ परेका खत्रीले प्रहरी समक्ष बताएका छन्।

नक्कली मदिरा बनाउनका लागि आवश्यक पर्ने अन्य मदिरा भगवानकै कोटेश्वरमा रहेको मदिरा पसलबाट लैजाने र एक दिनमा ५ कार्टुनसम्म नक्कली मदिरा उत्पादन गर्ने गरेको खुलेको छ। 

टार्गेटमा नाइट क्लब  
नक्कली मदिरा तयार गरेर यो समूहले नाइट क्लबहरुमा बेच्ने गरेको खुलेको छ। काठमाडौं उपत्यकाका नाइट क्लबहरु, दोहोरी साँझ, लाउन्ज, डान्सबार, मदिरा डिलर र पार्टी प्यालेसहरुलाई मात्रै मदिरा बेच्ने गरेको खुलेको छ। नाइट क्लबदेखि धेरै मदिरा खपत हुने ठाउँमा बेच्दा नक्कली भएको थाहा नहुने र गुनासोसमेत नआउने भएकाले यो गिरोहले नाइट क्लबहरुलाई टार्गेट गरेर बेच्ने गरेको पाइएको एसपी मैनालीले बताए। 

यसरी विगत ६ महिनादेखि काठमाडौं उपत्यकाका नाइट क्लबहरुमा उनीहरुले नक्कली मदिरा बेच्दै आएका थिए। बजार मूल्यभन्दा केही सस्तो दरमा बेच्ने भएकाले नाइट क्लबहरुले पनि उनीहरुबाट मदिरा गर्दै आएको पाइएको छ। 

९ हजार रुपैयाँ पर्ने ब्ल्याक लेवललाई ७ हजार ५ सय रुपैयाँ उनीहरुले बेच्ने गरेको पाइएको छ। ‘धेरै सस्तो दिँदासमेत थाहा हुने भएपछि पुरानो स्टक हो भन्दै केही सस्तोमा दिँदै बेच्न गरेको पाइएको छ’, परिसरका एक अधिकृतले भने।

नक्कली मदिरामा राजश्वको सक्कली स्टिकर, शंकाको घेरामा विभाग
ठूलो परिमाणमा बरामद भएका नक्कली मदिरामा भने आन्तरिक राजश्व विभागको सक्कली स्टिकर रहेको पाइएको छ।

स्टिकरबारे सोधपुछ गर्दा एसएसपी बोहराले भने, ‘एकदमै सस्तोमा मदिराहरु खरिद गर्ने र तीनमा लगाएको स्टिकर उप्काएर नक्कली उत्पादन गरिएका महङ्गा ब्राण्डका मदिरामा टाँस्ने गरेको देखिएको छ।’

एसएसपी बोहराले सस्तो मदिराको स्टिकर उप्काएर टाँस्ने गरेको बताए पनि सक्कली स्टिकरको प्रयोग नै नभएको ठूलो पातो नै प्रहरीले बरामद गरेको छ। सक्कली स्टिकरको ठूलो पातो नै बरामद भएपछि राजश्व अनुसन्धान विभागको भूमिकामासमेत शंकास्पद देखिएको एक प्रहरी अधिकारीले नेपाल लाइभलाई बताए। 

madira 11661519281.jpg

‘सक्कली स्टिकर यो गिरोहले पायो भन्नेबारे हामीलाई पनि अचम्म लागिरहेको छ। यसबारे थप अनुसन्धान हुन आवश्यक देखिन्छ’, ती अधिकारीले नेपाल लाइभसँग भने ।

स्टिकर टाँस नहुँदा भन्सार छलीको नक्कली मदिरा ठहर हुने हुँदा यो गिरोहले आन्तरिक राजश्व विभागको सक्कली स्टिकर नै प्रयोग गरेर मदिरा बेच्दै आएको थियो।

के–के भए बरामद?
प्रहरीले यो गिरोहबाट ठूलो मात्रामा मदिरा र मदिराका खाली बोतलसँगै नक्कली मदिरा बनाउन प्रयोग गरिने विभिन्न सामानहरु बरामद गरेको छ।

हरि वलीको कोठाबाट प्रहरीले एक हजार एमएलको डलब ब्ल्याक लेवल ८ बोतल, हजार एमएलकै ब्ल्याक लेवल ११ बोतल, ज्याक डेनियल्स ह्वीस्की १ लिटरको ११ बोतल, गोल्डेन वक ९६ बोतल, ज्याक डेनियल्सको २० वटा खाली बोतल, गोल्डेन वकको ५५ वटा बिर्को, आन्तरिक राजश्व विभाग लिक्वर लेखिएको सक्कली स्टिकर ९२ थान, ब्ल्याक लेवलको बिर्को ४० थान, रेड लेवलको बिर्को २३ थान र पेचकस १ थान बरामद गरेको छ।

दुवाकोटमा भगवान बस्नेतले सञ्चालन गरेको फ्याक्ट्रीबाट २ बोतल डबल ब्ल्याक, ३ बोतल रेड लेवल, खुकुरी रम ३ बोतल, ८८४८ भोड्का ९० बोतल बरामद गरिएको छ।

फ्याक्ट्रीबाटै ठूलो संख्यामा नक्कली मदिरा बनाउन तयार राखिएका खाली बोतल, बिर्कोहरु पनि बरामद भएका छन्। 
नक्कली मदिरा बनाउनका लागि बिर्को खोल्न प्रयोग गरिने फलामको कब्जा, मार्तोललगायत बरामद भएका छन्।

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्