• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २६, २०८२ Thu, Jul 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
जब एक ग्राहकको जिब्रोले ब्ल्याक लेवलको स्वाद नक्कली भएको ठहर गर्‍यो! नक्कली मदिरामा राजश्वको सक्कली स्टिकर, शकांको घेरामा विभाग
64x64
नारायण अधिकारी शुक्रबार, भदौ १०, २०७९  २०:५२
1140x725

काठमाडौं– ‘ब्ल्याक लेवलको टेस्ट नै फरक छ। नक्कली ल्याएर बेच्नुहुन्छ कि क्या हो’ काठमाडौंको एक नाइट क्लबमा गएका ग्राहकले प्रश्नसहित गुनासो गरे। 

गुनासाे आएपछि व्यवसायीले आफ्नै स्टाफबाट बद्मासी भएको हुनसक्ने सुरुवाती आशंका गरे। त्यसपछि उनले स्टाफसँग सोधपुछ गरे तर कुनै गल्ती भएको देखेनन्। अन्य व्यक्तिले टेस्ट गर्दा पनि ब्ल्याक लेवलको स्वाद फरक परेपछि ती व्यवसायीले भदौ ४ गते जिल्ला प्रहरी परिसर काठमाडौंलाई उक्त सूचना दिए।

मदिरा कोमार्फत् खरिद गरेकाे हाे भन्ने सूचना ती व्यवसायीले प्रहरीलाई दिइसकेका थिए। काठमाडौं परिसरको टोलीले व्यवसायीले दिएको सूचनालाई भेरिफाई गर्दै अनुसन्धान अघि बढायो। व्यवसायीबाट सूचना आएको तेस्रो दिन भदौ ७ गते नै नक्कली मदिरा बिक्री वितरण गर्नेमध्ये एक हरि वली प्रहरी नियन्त्रणमा परे। दोलखाको कालिन्चोक गाउँपालिका–९ घर भएका २४ वर्षीय वलीलाई कोटेश्वरबाट प्रहरीले पक्राउ गर्‍यो।

वलीको डेराबाट परिसरको टोलीले डबल ब्ल्याक लेवल, ब्ल्याक लेवल र ज्याक डेनियल्स  लेखिएका ४ कार्टुन सिल प्याक मदिरासमेत बरामद गरेको थियो।

वलीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरेको परिसर काठमाडौंको टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–२ मा नक्कली मदिरा उत्पादन गर्ने फ्याक्ट्री नै सञ्चालन गरेर बिक्री वितरण गर्ने गरेको पाएपछि जिल्ला प्रहरी परिसर भक्तपुरसँगको समन्वयमा छापा हानेर ठूलो मात्रामा मदिरा बरामद गरेको छ। 

पाँच पक्राउ, एक सञ्चालक फरार
नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा वलीसँगै पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा वलीसँगै दोलखाको भिमेश्वर नगरपालिका–८ घर भइ भक्तपुर चाँगुनारायण बस्ने ३९ वर्षीय भगवान बस्नेत, दोलखाको कालिन्चोक गाउँपालिका–४ घर भइ काठमाडौं महाबौद्ध बस्ने २० वर्षीय विशाल वली, रामेछापको खाँडदेवी गाउँपालिका–२ घर भइ काठमाडौं मुलपानी बस्ने २७ वर्षीय मनोज खत्री र खाँडदेवी–९ घर भइ काठमाडौं ठमेल बस्ने २७ वर्षीय गोपी श्रेष्ठ छन्। 

madira 21661519221.jpg

नक्कली मदिरा उत्पादन तथा बिक्री वितरण गर्नेमध्येका एक सञ्चालक भने फरार भएका छन्। प्रहरीले फरार भएकाको विवरण भने गोप्य राखेको छ।

पक्राउ परेकाहरुविरुद्ध कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गतको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ। 

यसरी बनाइन्थ्यो नक्कली मदिरा
सक्कली एकवटा ब्ल्याक लेवलबाट चारवटा ब्ल्याक लेव बनाएर बेच्ने गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरतबहादुर बोहराले बताए। विभिन्न प्रविधि प्रयोग गरेर ब्ल्याक लेवलको बिर्को खोल्ने र त्यसमा सस्तो दरका मदिरा मिसाएर नक्कली ब्ल्याक लेवल बनाउने गरेको खुलेको छ। 

एक बोतल ब्ल्याक लेवल र तीन बोतल अन्य मदिरा मिसाएर चार बोतल ब्ल्याक लेवल बनाउँदै उनीहरुले बेच्ने गरेको एसएसपी बोहराले बताए। 

रुद्र, वर्ल्ड दरबारसँगै अन्य सस्तो किसिमका मदिराबाट ब्ल्याक लेवल बनाउने गरेको पाइएको छ। यसरी नक्कली ब्ल्याक लेवल तयार गरेपछि कवाडीबाट खरिद गरेर ल्याएका ब्ल्याक लेवलको बोतलमा मदिरा सिल प्याक गर्ने गरेको पाइएको प्रहरीले बताएको छ। मेसिन नै राखेर उनीहरुले मदिराको सिल प्याक गर्ने गरेको खुलेको छ।

यस्तै गरेर विभिन्न मदिरा मिसाएर उनीहरुले ८८४८, जेडी, डबल ब्ल्याक लेवल, गोल्डेन वकलगायतका मदिरा पनि उत्पादन गर्ने गरेको पाइएको छ।

भारतमा सिकेर नेपालमा नक्कली मदिराको धन्दा
प्रहरी स्रोतका अनुसार पक्राउ परेकामध्ये मनोज खत्री केही समयअघि मात्रै भारतबाट नेपालमा आएका थिए। उनै खत्रीको कोटेश्वरमा मदिरा पसल सञ्चालन गरेर बसेका भगवानसँग भेट भएको थियो। 

खत्रीले नक्कली मदिरा उत्पादन गर्नसक्ने तरिकाले बताउँदै कसैले थाहा पनि नपाउनेले राम्रो आम्दानीसमेत गर्न सकिने कुरा भगवानलाई बताएका थिए। आफूसँग रकम नभएकोले लगानी गर्न खत्रीले भगवानलाई भनेपछि उनी राजी भएको एक अनुसन्धान अधिकृतले नेपाल लाइभलाई बताए। भगवानसँगै हाल फरार भएका अर्का एक जना लगानीकर्ता पनि मिसिए।

त्यसपछि भक्तपुरको दुवाकोटमा फ्याक्ट्री नै खोलेर उनीहरुले विगत ५ महिनादेखि नक्कली मदिरा उत्पादन गर्दै बेच्न थालेको पाइएको छ। भारतमासमेत यही शैली प्रयोग गरेर नक्कली मदिरा उत्पादन गरेरे बेच्दा साहु मात्रै धनी भएकाले आफूले त्यही सिपलाई काठमाडौं प्रयोग गरेको पक्राउ परेका खत्रीले प्रहरी समक्ष बताएका छन्।

नक्कली मदिरा बनाउनका लागि आवश्यक पर्ने अन्य मदिरा भगवानकै कोटेश्वरमा रहेको मदिरा पसलबाट लैजाने र एक दिनमा ५ कार्टुनसम्म नक्कली मदिरा उत्पादन गर्ने गरेको खुलेको छ। 

टार्गेटमा नाइट क्लब  
नक्कली मदिरा तयार गरेर यो समूहले नाइट क्लबहरुमा बेच्ने गरेको खुलेको छ। काठमाडौं उपत्यकाका नाइट क्लबहरु, दोहोरी साँझ, लाउन्ज, डान्सबार, मदिरा डिलर र पार्टी प्यालेसहरुलाई मात्रै मदिरा बेच्ने गरेको खुलेको छ। नाइट क्लबदेखि धेरै मदिरा खपत हुने ठाउँमा बेच्दा नक्कली भएको थाहा नहुने र गुनासोसमेत नआउने भएकाले यो गिरोहले नाइट क्लबहरुलाई टार्गेट गरेर बेच्ने गरेको पाइएको एसपी मैनालीले बताए। 

यसरी विगत ६ महिनादेखि काठमाडौं उपत्यकाका नाइट क्लबहरुमा उनीहरुले नक्कली मदिरा बेच्दै आएका थिए। बजार मूल्यभन्दा केही सस्तो दरमा बेच्ने भएकाले नाइट क्लबहरुले पनि उनीहरुबाट मदिरा गर्दै आएको पाइएको छ। 

९ हजार रुपैयाँ पर्ने ब्ल्याक लेवललाई ७ हजार ५ सय रुपैयाँ उनीहरुले बेच्ने गरेको पाइएको छ। ‘धेरै सस्तो दिँदासमेत थाहा हुने भएपछि पुरानो स्टक हो भन्दै केही सस्तोमा दिँदै बेच्न गरेको पाइएको छ’, परिसरका एक अधिकृतले भने।

नक्कली मदिरामा राजश्वको सक्कली स्टिकर, शंकाको घेरामा विभाग
ठूलो परिमाणमा बरामद भएका नक्कली मदिरामा भने आन्तरिक राजश्व विभागको सक्कली स्टिकर रहेको पाइएको छ।

स्टिकरबारे सोधपुछ गर्दा एसएसपी बोहराले भने, ‘एकदमै सस्तोमा मदिराहरु खरिद गर्ने र तीनमा लगाएको स्टिकर उप्काएर नक्कली उत्पादन गरिएका महङ्गा ब्राण्डका मदिरामा टाँस्ने गरेको देखिएको छ।’

एसएसपी बोहराले सस्तो मदिराको स्टिकर उप्काएर टाँस्ने गरेको बताए पनि सक्कली स्टिकरको प्रयोग नै नभएको ठूलो पातो नै प्रहरीले बरामद गरेको छ। सक्कली स्टिकरको ठूलो पातो नै बरामद भएपछि राजश्व अनुसन्धान विभागको भूमिकामासमेत शंकास्पद देखिएको एक प्रहरी अधिकारीले नेपाल लाइभलाई बताए। 

madira 11661519281.jpg

‘सक्कली स्टिकर यो गिरोहले पायो भन्नेबारे हामीलाई पनि अचम्म लागिरहेको छ। यसबारे थप अनुसन्धान हुन आवश्यक देखिन्छ’, ती अधिकारीले नेपाल लाइभसँग भने ।

स्टिकर टाँस नहुँदा भन्सार छलीको नक्कली मदिरा ठहर हुने हुँदा यो गिरोहले आन्तरिक राजश्व विभागको सक्कली स्टिकर नै प्रयोग गरेर मदिरा बेच्दै आएको थियो।

के–के भए बरामद?
प्रहरीले यो गिरोहबाट ठूलो मात्रामा मदिरा र मदिराका खाली बोतलसँगै नक्कली मदिरा बनाउन प्रयोग गरिने विभिन्न सामानहरु बरामद गरेको छ।

हरि वलीको कोठाबाट प्रहरीले एक हजार एमएलको डलब ब्ल्याक लेवल ८ बोतल, हजार एमएलकै ब्ल्याक लेवल ११ बोतल, ज्याक डेनियल्स ह्वीस्की १ लिटरको ११ बोतल, गोल्डेन वक ९६ बोतल, ज्याक डेनियल्सको २० वटा खाली बोतल, गोल्डेन वकको ५५ वटा बिर्को, आन्तरिक राजश्व विभाग लिक्वर लेखिएको सक्कली स्टिकर ९२ थान, ब्ल्याक लेवलको बिर्को ४० थान, रेड लेवलको बिर्को २३ थान र पेचकस १ थान बरामद गरेको छ।

दुवाकोटमा भगवान बस्नेतले सञ्चालन गरेको फ्याक्ट्रीबाट २ बोतल डबल ब्ल्याक, ३ बोतल रेड लेवल, खुकुरी रम ३ बोतल, ८८४८ भोड्का ९० बोतल बरामद गरिएको छ।

फ्याक्ट्रीबाटै ठूलो संख्यामा नक्कली मदिरा बनाउन तयार राखिएका खाली बोतल, बिर्कोहरु पनि बरामद भएका छन्। 
नक्कली मदिरा बनाउनका लागि बिर्को खोल्न प्रयोग गरिने फलामको कब्जा, मार्तोललगायत बरामद भएका छन्।

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
अवैध हतियारसहित युवक पक्राउ मंगलबार साँझ करिब ६ः३० बजे, सल्यान जिल्लाको कपुरकोट गाउँपालिका-३, फलाटे घर भई हाल दाङमा रहेको लोटस तालिम केन्द्रमा तालिम लिइरहेका १९... बुधबार, असार २५, २०८२
झापामा भारतीय नागरिक पेस्तोलसहित पक्राउ पक्राउ पर्नेमा पश्चिम बंगालको दार्जिलिङ घर भएका २५ वर्षीय प्रतीक अग्रवाल हुन्। बुधबार, असार २५, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खाेजी काराेबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको... मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
माओवादीसहित १२ राजनीतिक घटकले शुक्रबार काठमाडौँमा जनप्रदर्शन गर्ने बुधबार, असार २५, २०८२
कोहलपुरमा तीन जना बालक स्कुलबाटै हराए, तीन दिनदेखि खोजी जारी बुधबार, असार २५, २०८२
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति बुधबार, असार २५, २०८२
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय बुधबार, असार २५, २०८२
रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति बुधबार, असार २५, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित बुधबार, असार २५, २०८२
स्वास्थ्य बीमा : आठ जटिल रोगका बिरामीले दुई लाख रुपैयाँको उपचार पाउने बुधबार, असार २५, २०८२
मैले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस फर्किएनन् भनेको होइन् : सांसद सोबिता बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्